धनकुटाको पाख्रीबास नगरपालिकामा गठबन्धनबाट प्रमुखमा गुरुंग र उपप्रमुखमा निरौला उम्मेदवार
धनकुटा । वैशाख ३० गते हुन गइरहेको स्थानिय तह सदस्य निर्वाचनका लागि धनकुटाको पाख्रीबास नगरपालिकाको लागि गठबन्धनको तर्फबाट नगरप्रमुख,उपप्रमुखका लागि प्रत्यासीको टुंगो लगाएको छ ।
नगर प्रमुख ( मेयर ) पदको लागि नेपाली कांग्रेसका ज्ञान बहादुर गुरुग र उपप्रमुख(उपमेयर) का लागि नेकपा(माओवादी केन्द्र) का ओम प्रकाश निरौला चयन हुनुभएको छ ।
कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछ : नेता सिंह
काठमाडौँ, १० वैशाख (रासस) :नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताउनुभएको छ ।
नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ७ प्रदेश (ख) ले आज यहाँ आयोजना गरेको कार्यालय उद्घाटन कार्यक्रममा उहाँले संविधानको नेतृत्व गरेको पार्टी कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्वसमेत गर्ने जिकिर गर्नुभएको हो ।
“आम जनतालाई रैतीबाट सार्वभौमसम्पन्न जनता बनाउनका लागि कांग्रेसको भूमिका महत्वपूर्ण छ, जीवन र जीविकोपार्जनको पूर्ति कांग्रेसले मात्र गर्न सक्छ”, उहाँले भन्नुभयो । बहुदल आएपछि काठमाडौँ क्षेत्र नं ७ को विकासले फड्को मारेको उहाँको भनाइ थियो ।
पार्टीका पूर्वमहामन्त्री सिंहले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समेत प्रभाव पार्ने भएकाले जिम्मेवार पार्टीका प्रतिनिधीलाई टिकट दिएर विजय गराउन सबै कार्यकतालाई आग्रह समेत गर्नुभयो ।
नेता सिंहले संसद्मा झण्डै दुई तिहाई जनमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले जिम्मेवार भएर देशको विकासका लागि काम गर्न नसकेर दुई पटकसम्म संसद् विघटन गरेको आरोप लगाउँदै जिम्मेवार प्रतिनिधिलाई निर्वाचनमा चुन्नुपर्ने बेला आएको बताउनुभयो ।


