गठबन्धनको तर्फबाट धनकुटामा ३ नगरप्रमुखको टुंगो
धनकुटा । बैशाख ३० गते हुन लागेको स्थानीयत तहको निर्वाचनका लागि धनकुटा जिल्लाको धनकुटा नगरपालिकामा जिल्ला सभापती दिनेश राई ,पाख्रीवास नगरपालिकामा ज्ञान वहादुर गुरुङ र महालक्ष्मी नगरपालिकामा ध्रुवाराज रायले नेपाली कांग्रेसको तर्फबाट आज मेयरको टिकट पाउने भएका छन् ।
नेपाली कांग्रेस १ नं प्रदेश कार्य समितिको संसदीय समितिको बैठकले धनकुटा नगरपालिकामा कांग्रेस जिल्ला सभापती दिनेश राई,पाख्रीवास नगरपालिकामा जिल्ला सदस्य ज्ञान वहादुर गुरुङ र महालक्ष्मी नगरपालिकामा नगर सभापती ध्रुवराज रायाले मेयरको टिकट पाएको कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
जिल्लाको तिन वटा नगरपालिकाको लागि नेपाली कांग्रेसको तर्फबाट मेयरको टिकट पाएका तिनै जना उम्मेदवारहरुले स्थानिय तह निर्वाचनमा आफुहरुले अत्यधिक मतले ल्याएर जित्ने दावी गरेका छन् । उहाँहरु तीन जनाले टिकट पाएसँगै जिल्लामा गठबन्धनको जित निश्चित भएको बताईएको छ ।


