स्थानिय तह निर्वाचनका लागि नेकपा एमाले धनकुटाले सात वटै पालिकामा प्रमुख र उपप्रमुखको उम्मेद्धारको लगायो टुंगो

धनकुटा । स्थानिय तह निर्वाचनका लागि नेकपा एमाले धनकुटाले जिल्लाको सात वटै पालिकामा आफ्ना प्रमुख र उपप्रमुखको उम्मेद्धारको टुंगो लगाएको छ ।

जसअनुसार धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ दोहोरिनु भएको छ । त्यस्तै गाउँपालिका तर्फ शहिदभुमी गाउँपालिका, छथरजोरपाटी गाउँपालिका र सागुरीगढी गाउँपालिका अध्यक्ष क्रमश मनोज राई,शेर वहादुर लिम्बु र कुमारजंग याख्खा पनि दोहोरिएका छन् ।

त्यसैगरि धनकुटा नगरपालिकामा उप्रमुखको उपप्रमुख क्रमश: रत्नेश्वरी राई र मञ्जु कार्की पनि दोहोरिएका छन् । पाख्रीबास नगरपालिका प्रमुखमा प्रमुख र उप-प्रमुख नै नयाँ व्यक्तीलाई छनौट गरिएको छ । यो नगरमा नगर प्रमुखमा भीम राई र उप-प्रमुखमा नम्रता देउजालाई छनौट गरिएको छ ।

महालक्ष्मी नगरपालिका प्रमुखमा दीपक बुढाथोकीलाई उम्मेद्धार बनाईएको छ । त्यस्तै चौविसे गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष नै नयाँ छनौट गरिएको छ । अध्यक्षमा राजकुमार चेम्जोङ र उपाध्यक्ष टंकमाया मगर रहेका छन् ।

साँगुरीगढी गाउँपालिका उपाध्यक्षमा मूना राई, छथर जोरपाटी गाउँपालिका उपाध्यक्षमा गोमा कार्कीको उम्मेद्धारी रहेको पार्टीका जिल्ला अध्यक्ष ईन्नद्रमणी पराजुलीले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖