नेपाली कांग्रेस धनकुटाद्धारा दुई पालिकाका अध्यक्ष र वडाध्यक्षहरुको टिकट वितरण
धनकुटा । नेपाली कांग्रेस धनकुटाले धनकुटाका दुई गाउपालिका अध्यक्ष र पालिकाका विभिन्न वडाका वडाध्यक्षका लागि टिकट वितरण गरेको छ । पार्टीका जिल्ला संसदीय समितिका अध्यक्ष दिनेश राईको अध्यक्षतमा सम्पन्न बैठकले सागुरीगढी गाउपालिकाको अध्यक्षतमा जितेन्द्र राई र छथरजोरपार्टी गाउपालिकाको अध्यक्षमा छत्र सुब्बालाइ टिकट दिएका छ ।
त्यस्तैगरी धनकुटा नगर पालिकाको वडा नं १ मा अमित लो तामाङ,वडा नं २ मा राज कुमार राई,वडा नं ५ मा धन कुमार राई,वडा नं ६ मा मिलन खड्गी,वडा नं ७ मा रोशेष श्रेष्ठ,वडा नं १० मा नगेन्द्र पाण्डेलाई वडाध्यक्षको टिकट वितरण गरिएको जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।
महालक्ष्मी नगरपालिकाको वडा नं १ मा लाख वहादुर गुरुङ,वडा नं ३ मा रामचन्द्र थापा,वडा नं ४ मा बद्रीनारयाण चापागाई,वडा नं ५ मा शान्त वहादुर कुवर,वडा नं ६ मा शिव विक,वडा नं ७ मा नेत्र वहादुर अधिकारीलाई टिकट दिएको क्षेत्रीय सभापती राजन पौडेले वताउनु भयो ।
यस्तैगरी छथर जोरपाटी गाउपालिका वडा नं १ मा गोविन्द्र लिम्बु,वडा नं ३ मा पृर्थ सिंह लिम्बु,वडा नं ४ मा हेम कुमार आङ्ला,वडा नं ५ मा ढकल सिंह लिम्बुलाई वडाध्यक्षको टिकट दिएको छ ।उता सहिदभूमी गाउपाको वडा नं १ मा रमेश राई,वडा नं ४ मा दौलत राई,वडा नं ५ मा सन्तोष राई,वडा नं ६ मा रुद्र राई,वडा नं ७ मा मान वहादुर मगर लाई वडाध्यक्षको टिकट दिएको प्रवक्ता खगेन्द्र प्रसाद घिमिरेले वताउनु भयो ।
उता पाख्रीवास नगर पालिकाको वडा नं १ मा भोगेन्द्र पाण्डे,वडा नं २ मा धन वहादुर मगर,वडा नंं ५ मा रमेश राई,वडा नं ६ मा देवेन्द्र गुरागाई,वडा नं ७ मा लिलम थापा,वडा नं ८ मा गजेन्द्र राई,वडा नं ९ मा धन वहादुर मोक्तान,वडा नं १० मा ठगिन कुमार राई लाई वडाध्यक्षको टिकट दिईएको छ ।
जिल्लाको सागुरीगढी गाउपालिकको वडा नं २ मा योगेन्द्र ईवाहाङ्ग,वडा नं ३ मा टेक लिम्बु,वडा नं ५ मा खड्ग लिम्बु,वडा नं ६ यम प्रकाश मगर, वडा नं ७ मा देवेन्द्र राई,वडा नं ८ मा प्रितीमान वान्तवा,वडा नं ९ भुपाल राई,वडा नं १० मा राजु राईलाई टिकट दिईएको अर्का जिल्ला सचिव जयन्द्र घिसिङले वताउनु भयो ।चौविसे गाउपालिकको वडा नं १ मा देवेन्द्र श्रेष्ठ,वडा नं ३ मा कुमार याक्खा,वडा नं ४ मा नगेन्द्र तामाङलाई वडाध्यक्षको टिकट दिईएको छ ।
यसअघि नेपाली कांग्रेस १ नं प्रदेश कार्य समितिले धनकुटा नगरपालिकको प्रमुखमा दिनेश राई, पाख्रीवास नगरपालिकाको मेयरमा ज्ञान वहादुर गुरुङ र महालक्ष्मी नगरपालिकाको मेयरमा ध्रुवराज रायालाई टिकट दिईसकेको छ। बाकी बाँकी वडा र पालिकाहरुमा चाडै टिकट वितरण गर्दै जाने बताईएको छ ।


