धनकुटामा आज कुन पालिकाबाट कस्ले दिए उम्मेद्वारी ! स्वतन्त्र उमेद्धवार पनि

धनकुटा,१२ बैशाख । स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै स्थानीय तहमा नेकपा एमाले,सत्ता गठबन्धन सहित अन्य दल र स्वतन्त्र उमेदबारहरुले उमेदवारी दर्ता गराएका छन् ।

जस अन्र्तगत धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश आठपहरिया राईले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन त्यस्तै उपप्रमुखमा माओवादीका गणेश विष्टले उम्मेदवारी दर्ता गराएका छन ।

यस्तै धनकुटा नगरपालिकाको प्रमुख पदमा नगरपालिकाका निवर्तमान प्रमुख चिन्तन तामाङले नेकपा एमालेबाट प्रमुख पदमा उम्मेदवारी दिएका छन । उपप्रमुखमा एमालेले भीमादेबी खनालको उम्मेदवारी दिएको छ।

धनकुटा नगरपालिकामा जनता समाजवादी पार्टीले गोपाल लिम्बूले प्रमुखमा र सारकुमारी राईले उपप्रमुखमा उम्मेदवारी दिएका छन । राप्रपाबाट सुमिना तामाङले प्रमुखमा, राप्रपा नेपालबाट उपप्रमुखमा सुदिप सिजालीले उम्मेदवारी दिएका छन ।

यस्तै नगरपालिकामा स्वतन्त्रबाट सुन्दरबाबु श्रेष्ठले प्रमुखमा र सिताराम श्रेष्ठले उपप्रमुखमा उम्मेदवारी दिएका छन । त्यस्तै पाख्रिवास नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखमा कांग्रेसका ज्ञानबहादुर गुरुङ र उपप्रमुखमा माओवादीका ओमप्रकाश निरौलाले उम्मेदवारी दिएका छन भने एमालेले भीम राईलाई प्रमुखमा र नम्रता देउजाले उपप्रमुखमा उम्मेदवार बनाएको छ ।

गठबन्धनमा कुरा नमिलेपछि नेकपा एकीकृत समाजवादीका गोपाल बराईलीले प्रमुखमा तथा सावित्रा घिमिरेले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन । यस्तै महालक्ष्मी नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखमा कांग्रेसका ध्रुवराज राया र उपमेयरमा माओवादीका प्रेम खड्का र नेकपा एकीकृत समाजवादीका खगेन्द्र सुवेदीले उपप्रमुखमा उम्मेदवारी दिएका छन भने एमालेले दीपक बुढाथोकीलाई प्रमुखमा मञ्जु कार्कीलाई उपप्रमुखको उम्मेदवार बनाएको छ ।

छथर जोरपाटी गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा कांग्रेसका छत्र सुब्बा र उपाध्यक्षमा माओवादीकी गीता गुरुङ खेवाले उम्मेदवारी दिएका छन भने एमालेले शेर बहादुर लिम्बूलाई अध्यक्षमा र गोमा कार्कीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ।

सहिदभूमि गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादीका भरतसिंह राई र उपाध्यक्षमा कांग्रेसका तोर्ण खड्काले उम्मेदवारी दिएका छन भने एमालेले मनोज राईलाई अध्यक्षमा र रत्नश्वरी लाईलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ। गठबन्धनमा कुरा नमिलेपछि नेकपा एकीकृत समाजवादीका जेवी राईले अध्यक्षमा मनोनयन दर्ता गराएका छन ।

साँगुरीगढी गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा कांग्रेशका जितेन्द्र रुम्दाली राई र उपाध्यक्षमा जनता समाजवादी पार्टीले लिलाराज लावतीलाई उपाध्यक्षमा उम्मेदवारी दिएका छन भने एमालेले कुमार जंग याखालाई अध्यक्षमा र उपाध्यक्षमा मुना राईलाई उम्मेदवार बनाएको छ। राप्रपाबाट नगेन्द्र राईले मनोनयन दर्ता गराएका छन।

चौविसे गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादीका दलबहादुर मगरले र उपाध्यक्षमा जनता समाजवादीकी दिवा चेम्जोङले उम्मेदवारी दिएका छन भने एमालेले राजकुमार चेम्जोङलाई अध्यक्षमा टंकमाया मगरले उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖