छथर जोरपाटी गाउँपालिकामा ३२ मा नेकपा एसलाई मात्र १
नारायण कुमार राई/धनकुटा । गठबन्धनका नेकपा एस (एकिकृत समाजवादी) लाई छथर जोरपाटी गाउँपालिका धनकुटामा १ मात्र वडा सदस्य मात्र दिएको छ ।आउने बैसाख ३० को स्थानिय तहको निर्वाचनका लागि ६ वटा वडा भएको पालिकाका लागि ३२ पदको उमेद्वार छनौटमा समाजवादीलाई वडा नं.२ का खुल्ला तर्फको सदस्य शुसिल पहाडीलाई मात्र दिईएको हो ।
पालिकाको अध्यक्ष सहित ४ वडा अध्यक्ष गरी १९ पदमा मनोनयन दर्ता गराएको कांग्रेसले २ वडा अध्यक्ष सहित १२ वटा पद माओवादीको भागमा परेपछि नेकपा एस पाखा लागेको हो । गठबन्धनले शोमबार पालिका अध्यक्षमा छत्र सुब्बा(लिम्बू) र उपाध्यक्षमा गिता गुरुङ(खेवा) लगाएत वडा अध्यक्षहरु तथा सदस्यहरुको मनोनयन दर्ता गराएको छ ।
गठबन्धनका ज्ञानेन्द्र कार्कीले दिएको जानकारी अनुसार वडा नं. १ बाट अध्यक्षमा गोबिन्द लिम्बू(नेका),खुल्ला सदस्यहरु श्रमान् कार्की(नेका) र टोम प्रसाद लामिछाने(माके),महिला सदस्य मिना लिम्बू(माके),महिला दलित सदस्य धनमायाँ बि.क.(नेका) रहेका छन् ।
त्यस्तै वडा नं.२ बाट उमेद्वार दिनेहरुमा क्रमशः अध्यक्षमा कृष्णकुमार मगर(माके),सदस्यहरु शुसिल पहाडी(एस),गंगाबहादुर बाजिम्पाक(माके),रुपामायाँ लिम्बू(माके) र मिना दर्जी(माके) रहेका छन् ।
वडा नं.३ बाट अध्यक्षमा तिर्थ लिम्बू(नेका),सदस्यहरु गोपाल भट्टराई(माके),गोबिन्द भट्टराई(नेका),सुकमायाँ लिम्बू(नेका),पुष्पमायाँ दर्जी(नेका) रहेका छन् ।वडा नं.४ बाट अध्यक्षमा हेमकुमार लिम्बू(नेका),सदस्यहरुमा मेघराज खतिवडा(नेका),पूर्ण तामाङ(नेका),मनिता राई(नेका) र बिद्या बि.क.(माके) रहेका छन् ।
वडा नं.५ बाट अध्यक्षमा डिकबहादुर लिम्बू(नेका) सदस्यहरुमा धनबहादुर घिमिरे(नेका),खेमराज लिम्बू(माके),मिङ्मा शेर्पा(माके) र देवीमायाँ बि.क(माके) रहेका छन् । वडा नं. ६ बाट अध्यक्षमा दिपक गुरुङ(माके)सदस्यहरु ढुण्डिराज थापा(माके),बिश्वास श्रेष्ठ(माके)रामप्यारी बिष्ट(नेका) र षष्टिका बैजु(माके) रहेका छन् ।


