पाख्रीबास नगरपालिकामा प्रमुखमा ६ र उपप्रमुखमा ५ जनाको मनोनयन दर्ता(नामावली सहित)
धनकुटा । आउने बैसाख ३० को स्थानिय तहको निर्वाचनका लागि धनकुटाको पाख्रीबास नगरपालिकामा नगर प्रमुखमा ६ र उपप्रमुख पदको लागि ५ जनाको मनोनयन दर्ता भएको छ ।

नगर प्रमुख पदमा नेकपा एमालेका भीम बहादुर राई,गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञान बहादुर गुरुंग,नेकपा(एस) का गोपाल बराइली,राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञान बहादुर पौडेल,मंगोल नेशनल अर्गनाइजेशनका डेभिड राई र स्वतन्त्र उम्मेदवार चकेन्द्र बहादुर बस्नेतले मनोनयन दर्ता गरेका छन् ।
उपप्रमुख पदका लागि नेकपा(एमाले) का नम्रता गौतम,गठबन्धनबाट नेकपा(माओवादी केन्द्र) का ओम प्रकाश निरौला,नेकपा(एस) का सावित्रा घिमिरे,राष्ट्रिय प्रजातन्त्र पार्टीका रुद्र कुमारी आले र स्वतन्त्र उम्मेदवारका रुपमा देव कुमारी बस्नेतले मनोनयन दर्ता गरेका छन् ।
त्यसैगरि वडा नं १ बाट अध्यक्ष पदका लागि ५ जना,खुला सदस्यमा ५,महिला सदस्यमा ३ र दलित महिला सदस्यमा ३ जनाले मनोनयन दर्ता गरेका छन् ।वडा नं २ बाट अध्यक्ष पदका लागि ३ जना,खुला सदस्यमा ४,महिला सदस्यमा २ र दलित महिला सदस्यमा २ जनाले मनोनयन दर्ता गरेका छन् । वडा नं ३ बाट अध्यक्ष पदका लागि ४ जना,खुला सदस्यमा ४,महिला सदस्यमा २ र दलित महिला सदस्यमा २जनाले मनोनयन दर्ता गरेका छन् ।

वडा नं ४ बाट अध्यक्ष पदका लागि ६ जना,खुला सदस्यमा ६,महिला सदस्यमा ३ र दलित महिला सदस्यमा २ जनाले मनोनयन दर्ता गरेका छन् ।वडा नं ५ बाट अध्यक्ष पदका लागि ३ जना,खुला सदस्यमा ५,महिला सदस्यमा २ र दलित महिला सदस्यमा २ जनाले मनोनयन दर्ता गरेका छन् ।वडा नं ६ बाट अध्यक्ष पदका लागि ४ जना,खुला सदस्यमा ५,महिला सदस्यमा २ र दलित महिला सदस्यमा ३ जनाले मनोनयन दर्ता गरेका छन् ।
त्यसैगरि वडा नं ७ बाट अध्यक्ष पदका लागि ३ जना,खुला सदस्यमा ५,महिला सदस्यमा २ र दलित महिला सदस्यमा २ जनाले मनोनयन दर्ता गरेका छन् ।वडा नं ८ बाट अध्यक्ष पदका लागि ४ जना,खुला सदस्यमा ५,महिला सदस्यमा ३ र दलित महिला सदस्यमा ३ जनाले मनोनयन दर्ता गरेका छन् ।वडा नं ९ बाट अध्यक्ष पदका लागि २ जना,खुला सदस्यमा ४,महिला सदस्यमा २र दलित महिला सदस्यमा १जनाले मनोनयन दर्ता गरेका छन् भने वडा नं १० बाट अध्यक्ष पदका लागि ४ जना,खुला सदस्यमा ४,महिला सदस्यमा २ र दलित महिला सदस्यमा २ जनाले मनोनयन दर्ता गरेका छन् ।
प्रमुख-उपप्रमुखमा १/१ र अन्यमा ४ जना गरि ६ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने,वैशाख १४ र १५ गते मनोनयन पत्र जांच गर्ने र उजुरी उपर जांचबुझ गरि निर्णय गर्ने ,१५ गते नै मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने,बैशाख १६ मा उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने साथै बैशाख १७ मा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।














