पाख्रीबास नगरपालिकामा गठबन्धनबाट प्रमुख-उपप्रमुखमा गुरुंग र निरौलाले गरे मनोनयन दर्ता
धनकुटा । आउने बैसाख ३० को स्थानिय तहको निर्वाचनका लागि धनकुटाको पाख्रीबास नगरपालिकामा नगर प्रमुख र उपप्रमुख पदको लागि ५-५ जनाको मनोनयन दर्ता भएको छ ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका ज्ञान बहादुर गुरुंग र उपप्रमुखका लागि नेकपा(माओवादी केन्द्र) का ओम प्रकाश निरौलाले मनोनयन दर्ता गरेका छन् ।
अन्यमा नगर प्रमुख पदमा नेकपा एमालेका भीम बहादुर राई,गठबन्धनबाट नेकपा(एस) का गोपाल बराइली,राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञान बहादुर पौडेल,मंगोल नेशनल अर्गनाइजेशनका डेभिड राई र स्वतन्त्र उम्मेदवार चकेन्द्र बहादुर बस्नेतले मनोनयन दर्ता गरेका छन् ।
त्यसैगरि उपप्रमुख पदका लागि अन्यमा नेकपा(एमाले) का नम्रता गौतम,गठबन्धनबाट ,नेकपा(एस) का सावित्रा घिमिरे,राष्ट्रिय प्रजातन्त्र पार्टीका रुद्र कुमारी आले र स्वतन्त्र उम्मेदवारका रुपमा देव कुमारी बस्नेतले मनोनयन दर्ता गरेका छन् ।


