पाख्रीबास नगरपालिकाको प्रमुखमा श्रीमान,उपप्रमुखमा श्रीमतिले गरे मनोनयन दर्ता
धनकुटा । आउने बैसाख ३० को स्थानिय तहको निर्वाचनका लागि धनकुटाको पाख्रीबास नगरपालिकामा नगर प्रमुख र उपप्रमुख पदको लागि ५-५ जनाको मनोनयन दर्ता भएको छ ।
जस अन्तर्गत स्वतन्त्रबाट प्रमुखमा चकेन्द्र बहादुर बस्नेत र उपप्रमुखमा देव कुमारी बस्नेतले मनोनयन दर्ता गरेका छन् । बस्नेत द्वय नातामा श्रीमान-श्रीमति हुन् ।
त्यसै गरि अन्य प्रमुख राजनैतिक दलबाट नगर प्रमुख पदमा नेकपा एमालेका भीम बहादुर राई,गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञान बहादुर गुरुंग,नेकपा(एस) का गोपाल बराइली,राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञान बहादुर पौडेल,मंगोल नेशनल अर्गनाइजेशनका डेभिड राईले मनोनयन दर्ता गरेका छन् ।
उपप्रमुख पदका लागि नेकपा(एमाले) का नम्रता गौतम,गठबन्धनबाट नेकपा(माओवादी केन्द्र) का ओम प्रकाश निरौला,नेकपा(एस) का सावित्रा घिमिरे,राष्ट्रिय प्रजातन्त्र पार्टीका रुद्र कुमारी आले ले मनोनयन दर्ता गरेका छन् ।
यो पनि पढ्नुहोस्…
पाख्रीबास नगरपालिकामा प्रमुख-उपप्रमुखमा ५/५ जनाको मनोनयन दर्ता
धनकुटा । आउने बैसाख ३० को स्थानिय तहको निर्वाचनका लागि धनकुटाको पाख्रीबास नगरपालिकामा नगर प्रमुख र उपप्रमुख पदको लागि ५-५ जनाको मनोनयन दर्ता भएको छ ।
नगर प्रमुख पदमा नेकपा एमालेका भीम बहादुर राई,गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञान बहादुर गुरुंग,नेकपा(एस) का गोपाल बराइली,राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञान बहादुर पौडेल,मंगोल नेशनल अर्गनाइजेशनका डेभिड राई र स्वतन्त्र उम्मेदवार चकेन्द्र बहादुर बस्नेतले मनोनयन दर्ता गरेका छन् ।
उपप्रमुख पदका लागि नेकपा(एमाले) का नम्रता गौतम,गठबन्धनबाट नेकपा(माओवादी केन्द्र) का ओम प्रकाश निरौला,नेकपा(एस) का सावित्रा घिमिरे,राष्ट्रिय प्रजातन्त्र पार्टीका रुद्र कुमारी आले र स्वतन्त्र उम्मेदवारका रुपमा देव कुमारी बस्नेतले मनोनयन दर्ता गरेका छन् ।
त्यसैगरि वडा नं १ बाट अध्यक्ष पदका लागि ५ जना,खुला सदस्यमा ५,महिला सदस्यमा ३ र दलित महिला सदस्यमा ३ जनाले मनोनयन दर्ता गरेका छन् ।वडा नं २ बाट अध्यक्ष पदका लागि ३ जना,खुला सदस्यमा ४,महिला सदस्यमा २ र दलित महिला सदस्यमा २ जनाले मनोनयन दर्ता गरेका छन् ।वडा नं ३ बाट अध्यक्ष पदका लागि ४ जना,खुला सदस्यमा ४,महिला सदस्यमा २ र दलित महिला सदस्यमा २जनाले मनोनयन दर्ता गरेका छन् ।
वडा नं ४ बाट अध्यक्ष पदका लागि ६ जना,खुला सदस्यमा ६,महिला सदस्यमा ३ र दलित महिला सदस्यमा २ जनाले मनोनयन दर्ता गरेका छन् ।वडा नं ५ बाट अध्यक्ष पदका लागि ३ जना,खुला सदस्यमा ५,महिला सदस्यमा २ र दलित महिला सदस्यमा २ जनाले मनोनयन दर्ता गरेका छन् ।
त्यसैगरि वडा नं ६ बाट अध्यक्ष पदका लागि ४ जना,खुला सदस्यमा ५,महिला सदस्यमा २ र दलित महिला सदस्यमा ३ जनाले मनोनयन दर्ता गरेका छन् ।वडा नं ७ बाट अध्यक्ष पदका लागि ३ जना,खुला सदस्यमा ५,महिला सदस्यमा २ र दलित महिला सदस्यमा २ जनाले मनोनयन दर्ता गरेका छन् । वडा नं ८ बाट अध्यक्ष पदका लागि ४ जना,खुला सदस्यमा ५,महिला सदस्यमा ३ र दलित महिला सदस्यमा ३ जनाले मनोनयन दर्ता गरेका छन् ।
वडा नं ९ बाट अध्यक्ष पदका लागि २ जना,खुला सदस्यमा ४,महिला सदस्यमा २र दलित महिला सदस्यमा १जनाले मनोनयन दर्ता गरेका छन् भने वडा नं १० बाट अध्यक्ष पदका लागि ४ जना,खुला सदस्यमा ४,महिला सदस्यमा २ र दलित महिला सदस्यमा २ जनाले मनोनयन दर्ता गरेका छन् ।


