पाख्रिबासमा एमालेबाट उपप्रमुखमा मनोनयन दर्ता गराएका सहित दुई जनामाथि पर्यो उजुरी

धनकुटा । आउने बैसाख ३० को स्थानिय तहको निर्वाचनका लागि धनकुटाको पाख्रीबास नगरपालिकामा उपप्रमुख पदका लागि नेकपा(एमाले) बाट मनोनयन दर्ता गराएका नम्रता गौतम र वडा नं १० बाट अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका हरि बहादुर खत्री बिरुद्द निर्वाचन अधिकृतको कार्यालय पाख्रीबासमा उजुरी परेको छ ।

उपमेयर पदका उम्मेदवार गौतम यसअघिको कार्यकालमा नगरपालिकाको कार्यपालिका सदस्य थिइन् भने वडाध्यक्ष पदका उम्मेदवार खत्री १० नं. वडाका निवर्तमान वडाध्यक्ष हुन् ।

उनीहरु बिरुद्द प्रचलित ऐन विपरित मासिक अनुगमन शुल्क लिएको भन्दै उजुरी परेको निर्वाचन अधिकृतको कार्यालय पाख्रीबासद्वारा जारी गरिएको सुचनामा उल्लेख छ ।

हेर्नुहोस् उजुरी दर्ता पत्र

हेर्नुहोस् निर्वाचन अधिकृतको कार्यालय पाख्रीबासद्वारा जारी गरिएको सुचना

हेर्नुहोस् सेवा सुविधा कति तोकिएको छ

हेर्नुहोस् नगरबाट बैशाख २०७८ मा नगरपालिका प्रतिनिधिहरुले लिएको मासिक सेवा सुविधाको विवरण

यो पनि पढ्नुहोस्…
खोटाङमा एक हजार ३२८ जनाको उम्मेदवारी
खोटाङ, १४ वैशाख (रासस) :यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङमा एक हजार ३२८ जनाको उम्मेदवारी दर्ता भएको छ । दश स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ७९ वडाका वडाध्यक्ष र सदस्य गरी ४१५ पदका लागि उम्मेदवारी दर्ता भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा एक स्वतन्त्रसहित ६ तथा उपप्रमुखमा चार जनाको उम्मेदवारी दर्ता भएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकामा ७७ पदका लागि २८४ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेश गौतमले जानकारी दिनुभयो । हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा सात र उपप्रमुखमा पाँच सहित १८० जनाको उम्मेदवारी दर्ता भएको छ । एघार वडा रहेको नगरपालिकामा निर्वाचनबाट ५७ जनप्रतिनिधि चयन हुनेछन् ।

यस्तै जन्तेढुङ्गा गाउँपालिकाको प्रमुखमा चार र उपप्रमुखमा तीन जनासहित ८९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिनुभयो । ६ वडा रहेको गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित ३२ जना चयन हुनेछन् । केपिलासगढी गाउँपालिकाको प्रमुखमा तीन र उपप्रमुखमा चारसहित १२८ जनाको उम्मेदवारी परेको छ । सात वडा रहेको गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित ३७ जनप्रतिनिधि चयन हुनेछन् ।

ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा दुई स्वतन्त्रसहित छ तथा उपप्रमुखमा तीनसहित १०८ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत रामाकान्त यादवले जानकारी दिनुभयो । सात वडा रहेको गाउँपालिकाबाट प्रमुख र उपप्रमुखसहित ३७ जनप्रतिनिधि चयन हुनेछन् । ६ वडा रहेको रावाबेँसी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा चार–चारसहित १०८ जनाको उम्मेदवारी दर्ता भएको छ । कांग्रेस–माओवादी केन्द्र तथा जसपा र एकीकृत समाजवादीबीच गठबन्धन भएको गाउँपालिकाबाट ३२ जनप्रतिनिधि चयन हुनेछन् ।

यसैगरी खोटेहाङ गाउँपालिकाको प्रमुख र उपप्रमुखमा दुई–दुईसहित १११ जनाको उम्मेदवारी परेको छ । गाउँपालिकामा ४७ जनप्रतिनिधि चयन हुनेछन् । सात वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखमा ६ र उपप्रमुखमा चारसहित १३० जनाको उम्मेदवारी दर्ता भएको छ । गाउँपालिकामा ३७ जनप्रतिनिधि चयन हुनेछन् । ६ वडा रहेको बराहपोखरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा तीन–तीनसहित ९५ जनाको उम्मेदवारी दर्ता भएको छ । गाउँपालिकामा ३२ जना निर्वाचित हुनेछन् ।

सबैभन्दा सानो साकेला गाउँपालिकाको प्रमुख र उपप्रमुखमा चार–चारसहित वडाध्यक्ष तथा सदस्यमा गरी ९७ जनाको उम्मेदवारी दर्ता भएको छ । पाँचवटा मात्र वडा रहेको गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जितेको थियो । जिल्लाका १० स्थानीय तहका विभिन्न पदका लागि एमाले एक्लै तथा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ ।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले पाँच, कांग्रेसले चार र माओवादी केन्द्रले एउटा स्थानीय तहमा जित हासिल गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।