यस्तो उम्मेदवार पाउनु पाख्रीबासको भाग्य !
धनकुटा । आसन्न स्थानिय तहको निर्वाचनमा पाख्रीबास नगरपालिकामा गठबन्धनका तर्फबाट नेकपा(माओवादी केन्द्र) का ओम प्रकाश निरौलाले उम्नेदवारी मनोनयन दर्ता गरेका छन् ।
को हुन् त निरौला ?
निरौला एक कुशल राजनीतिज्ञ मात्र नभएर एक कुशल शिक्षक,अधिवक्ता तथा साहित्यकार समेत हुन् ।
निरौलाले धनकुटा र काठमाण्डौं स्थित विभिन्न बिद्यालय एवं क्याम्पसमा अध्यापन गरेका छन् भने तत्काल ललितपुर स्थित लिटिल एन्जेलको जागिर छाडेर गाउंको लागि केही गर्छु भन्ने अठोट र विश्वासका साथ गृहनगर फर्केर नगरको उपप्रमुख पदको लागि मनोनयन दर्ता गरेका छन् ।
सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर अभिबृद्दि गर्दै नगरमा अत्याधुनिक ल्याब बनाउने र एक्स-रे,इसिजी लगायत सबै सेवा जनतालाई नि:शुल्क गर्ने साथै कृषि,सडक वडाबाट टोलमा ३ देखि साढे तीन मिटरके पिच सडक बनाउंदै जाने र कृषकको कृषि बजारको ब्यवस्था गरि कृषकको सामान(वस्तु) को उचित मूल्य दिलाउने प्रतिवद्दताका साथ निरौलाले उम्मेदवारी दिएका छन् ।
निरौलाको शैक्षिक योग्यता यस्तो छ –
गत सालको अधिवक्ताको परीक्षामा उत्कृष्ट दश भित्र पर्न सफल भएका थिए भने एसएलसी पहिलो श्रेणी,ईङ्ग्लिस(अंग्रेजी) मा आइ एड,ईङ्ग्लिस(अंग्रेजी) मा बि एड,ईङ्ग्लिस लिट्रेचर (अंग्रेजी साहित्य) मा बि एड र ईङ्गलिस लिट्रेचर (अंग्रेजी साहित्य) मा एम फिल गर्नु भएको छ ।

यो पनि पढ्नुहोस्…
पाख्रिबासमा एमालेबाट उपप्रमुखमा मनोनयन दर्ता गराएका सहित दुई जनामाथि पर्यो उजुरी
धनकुटा । आउने बैसाख ३० को स्थानिय तहको निर्वाचनका लागि धनकुटाको पाख्रीबास नगरपालिकामा उपप्रमुख पदका लागि नेकपा(एमाले) बाट मनोनयन दर्ता गराएका नम्रता गौतम र वडा नं १० बाट अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका हरि बहादुर खत्री बिरुद्द निर्वाचन अधिकृतको कार्यालय पाख्रीबासमा उजुरी परेको छ ।
उपमेयर पदका उम्मेदवार गौतम यसअघिको कार्यकालमा नगरपालिकाको कार्यपालिका सदस्य थिइन् भने वडाध्यक्ष पदका उम्मेदवार खत्री १० नं. वडाका निवर्तमान वडाध्यक्ष हुन् ।
उनीहरु बिरुद्द प्रचलित ऐन विपरित मासिक अनुगमन शुल्क लिएको भन्दै उजुरी परेको निर्वाचन अधिकृतको कार्यालय पाख्रीबासद्वारा जारी गरिएको सुचनामा उल्लेख छ ।


