किराँती समुदायमा सिसेक्पा तङ्नाम मनाइँदै

फुङ्लिङ, १ साउन । किराँती समुदायले आज बिहानैदेखि (सिसेक्पा तङ्नाम) पर्व मनाउन थालेको छ । किराँतीहरूले साउने सङ्क्रान्तिलाई (सिसेक्पा तङ्नाम) भनेर मान्ने गर्दछ । सो समुदायमा आफ्नो इष्टदेवको सम्मानमा आज नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ । ताप्लेजुङ, पाँथर, इलाम, झापालगायत नेपालको पूर्वका जिल्लाहरूमा बसोबास गर्ने किराँतीहरू सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गई साउने सिसेक्पा तङनाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङहरू) सङ्कलन गरी ल्याउने गर्दछन् ।

दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने चलन रहिआएको छ । सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा जे भएको अन्न, फलफूल र अन्य परिकारको खानपिन खाएर रमाइलो गर्दछन् । सिसेक्पा तङ्नामका दिन साँझपख गाउँघरमा मीठो–मसिनो खानपिन खाइपिइसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुकहरू पड्कन्छन् । थाल, झ्याम्टा, नाङ्लो र ढोलहरू बज्छन् । प्रत्येक घरका हिँडडुल गर्न सक्ने बच्चादेखि युवायुवतीले घरमुली बूढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउँदै केही खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकाल्ने गर्दछन् ।

भूतप्रेत वा भौतिक शत्रु चोर, डाका आदिलाई खेदाइएका हुँदैनन् । किसानका छोराछोरीले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाऊ, मङ्क्रान्ति आऊ, अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा ‘अनिकाल वा दुःख–पीडा’लाई त्यसरी पर्वको रूपमा मनाउँदै खेदाएर रमाएका हुन्छन् । यसैगरी उनीहरूले गाउँघरमा रहेको सामाजिक–सांस्कृतिक विकृति–विसङ्गति र सिङ्गो राष्ट्रमा व्याप्त राजनीतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भावहरू पनि प्रकट गर्दै सङ्क्रान्तिसँगै खेदाउन घरमुलीहरूले आग्रह गरेका हुन्छन् । अर्थात् अब त नयाँ अन्नबाली र फलफूलहरू पाके । यसकारण अब हामी कम्तीमा छ महिना माघे सङ्क्रान्तिसम्म बाँच्ने भयौँ भनेर रमाउने गरेको किराँत धर्मका जनकारहरूको भनाइ छ ।

आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी÷जनजातिहरू पूर्वका किराँत, लिम्बू, राई तराईका थारू र पश्चिमका मगर आदिले यो साउने सङ्क्रान्ति पर्वलाई सिसेक्पा तङ्नामका रुपमा मनाउँदै आएको किराँत साहित्य उत्थान सङ्घका अध्यक्ष ज्ञानु फुरम्बो (चरपे)ले बताउनुभयो ।

किराँतीहरूले सिसेक्पा तङ्नाम (साउने सङ्क्रान्ति) र कक्फेक्वा तङनाम (माघे सङ्क्रान्ति)लाई महान् पर्वको रूपमा मनाउने फुरुम्बुले बताउनुभयो । उहाँले भन्नुभयो, “सिसेक्पा तङ्नाममा हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ’ भनी मनाउने गरेको भने माघे सङ्क्राान्तिलाई वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ’ भनी मनाउने गर्दछन् ।” कक्पेक्वा तङ्नाम मरिन्छ कि भनेर मनाउने हो भने सिसेक्पा तङ्नाम लौ बाँचियो भनेर मनाउने गरेको उहाँले जानकारी दिनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।