धनकुटामा पनि आज गठेमंगल पर्व मनाइदै

धनकुटा,१० साउन । धनकुटा पनि आज नेवार समुदायमा प्रचलित गठे मंगल पर्व आज मनाई रहेको छ ।

रा’क्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै नेवार समुदायले धनकुटा सदसमुकाम सहित अन्य नेवार बसोबास रहेका स्थानमा विभिन्न ठाउँमा यो पर्व मनाइरहेका छन् । ।श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठे मंगललाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ ।

दु’ष्टात्मा र भू’तप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण द’हन गर्ने चलन रहेको छ । आजको दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मित गठेमंगललाई घाम अस्ताएपछि ढालेर नदीमा लगेर विसर्जन गरिन्छ । केही स्थानमा आज बाट सुरु भएको पर्व लाखेजात्रा, रोपाई पर्व र गाईजात्रा मनाएर सम्पन्न हुने गरेको छ । गठेमंगल पर्वको अवसरमा बाटोमा डोरी टांगेर बटुवाहरु बाट पैसा उठाउने चलन समेत रहेको छ ।


म्याग्दीमा पाँच हजार घरमा खानेपानी सुविधा
बेनी, १० साउन (रासस) :म्याग्दीमा चार वर्षको अवधिमा पाँच हजारभन्दा बढी घरमा खानेपानीको सुविधा पु¥याइएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको सुविधा विस्तार भएको हो ।

गण्डकी प्रदेश सरकारले सुरुआत गरेको हरेक घरमा खानेपानी पु¥याउने अभियानअन्तर्गत हालसम्म पाँच हजार १३७ घरमा खानेपानी पु¥याइएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । चौधवटा खानेपानी योजनामार्फत धारा निर्माण गरिएको हो ।

आर्थिक वर्ष २०७८÷७९ मा एक हजार ३४७ घरमा धारा निर्माण गरिएको छ । “स्थानीयवासीले स्वच्छ र सफा खानेपानी उपभोग गर्न पाएका छन्”, पौडेलले भन्नुभयो । विसं २०७५ देखि गण्डकी प्रदेश सरकारले हरेक घरमा सफा र स्वच्छ खानेपानी सुविधा विस्तार गर्न ‘एक घर एक धारा’ कार्यक्रम अघि सारेको हो । जिल्लाभर २९ हजार ४९९ घरमा आधारभूत खानेपानीको पहुँच पुगेको पौडेल बताउनुहुन्छ । आयोजनाले ९६ प्रतिशत घरमा आधारभूत खानेपानीको पहुँच पु¥याउने लक्ष्य लिएको छ ।

प्रदेश सरकारको बजेटबाट अन्नपूर्ण गाउँपालिका–८ मा थावन खानेपानी योजना, रघुगङ्गा गाउँपालिका–१ मा बेगखोला खानेपानी योजना, बेनी नगरपालिका–९ मा गलेश्वर पम्पिङ खानेपानी योजना, निलदह खानेपानी योजना र वडा नं ४ मा सिङ्गा खानेपानी योजना सम्पन्न भई घर–घरमा धारा निर्माण गरिएका छन् ।

यस्तै अन्नपूर्ण गाउँपालिका–६ मा घारा खानेपानी योजना सम्पन्न भएको छ । मङ्गला गाउँपालिका–२ मा हिदी खानेपानी योजना, वडा नं १ मा कुहुँ खानेपानी योजना र मालिका गाउँपालिका–२ रुममा सेतखोला खानेपानी योजना सम्पन्न भएको इञ्जिनीयर राजेश उलकले जानकारी दिनुभयो ।

त्यसैगरी बेनी नगरपालिका–२ मा ज्यामरुककोट अर्जम रत्नेचौर खानेपानी योजना र मालिका गाउँपालिका–५ मा देवीस्थान खानेपानी योजना सम्पन्न भएको छ । मङ्गला गाउँपालिका–१ मा भर्जुला सल्यान खानेपानी योजना र अन्नपूर्ण गाउँपालिका–६ घारामा नेपाने खोनेपानी योजना सम्पन्न भएको छ। जिल्लामा सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएका १० र प्रदेश सरकारका २२ खानेपानी योजना सञ्चालित छन् । सङ्घीय सरकारबाट हस्तान्तरण भएका दुई सम्पन्न तथा ८ योजना निर्माणाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ । प्रदेश सरकारका १८ योजना हाल निर्माणाधीन अवस्थामा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।