बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको वार्षिकोत्सव मनाईदै
धनकुटा । नागपञ्चमी पर्व नागको पूजा गरि मनाईदैछ । नागपञ्चमीको अवसर पारि धनकुटा नगरपालिका १ हिलेमा अवस्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको वार्षिकोत्सव मनाईदैछ ।
आज यो मन्दिरको १२ औं वार्षिकोत्सव मनाउन लागिएको हो । वार्षिकोत्सवको कार्यक्रम मन्दिर परिषरमा विहान ११ बजेदेखी शूरुहुने बक्रकुण्ड पञ्चेश्वर धार्मिक एवं पर्यटन विकास समितिले जनाएको छ ।
आज यो मन्दिरमा पूजाआराधनाका लागि जिल्ला विभिन्न स्थानका भक्तजनहरुको आउने गर्दछन् । आजको दिन विधिपूर्वक नागको पूजा गर्नाले नाग प्रसन्न हुने र वर्षभरि विषालु जीवको भय नहुने जनविश्वास छ। नागपूजाका क्रममा सर्प, बिच्छी खजुर आदि अन्य विषालु जीवको पनि पूजा गरिन्छ। चट्याङले घरमा कुनै प्रकारका हानि नोक्सानी नपुर्याओस् भन्न बज्रवारकहरूको पूजा गर्ने चलन छ ।
मूलढोकामा नागको चित्र टाँसी विभिन्न पदार्थ चढाई पूजा गर्ने परम्परा छ। खासगरी मूलढोकाको दुवैतर्फ गोबरद्वारा निर्मित सर्पको मूर्ति बनाएर घ्यू, दूध आदिले धारा दिई दुबो, धानको लाबा चढाई चन्दन, पुष्प आदिले पूजा गरी नागको आराधना गर्नुपर्ने विधि शास्त्रमा उल्लेख छ।
भगवान् शिवको गहना र भगवान् विष्णुको आसनको रूपमा रहेको शेषनाग हिन्दुधर्ममा नागको महत्त्व महत्वपूर्ण मानिन्छ ।


