पशुपतिनाथमा जनैपुर्णिमाको रौनक

काठमाडौं, २७ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । बिहान सबेरै उठी पवित्र नदी,तलाउ आदिमा स्नान गरी ऋषिहरूको तर्पण गरी नयाँ जनै लगाउने सनातन वैदिक धर्मावलम्बीको परम्परा छ।

आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । सकेसम्म आजको दिन सूर्योदय भन्दा अगाडि उठेर स्नान गर्ने चलन रहेको छ । आजको दिन पूर्णिमा भएकाले दिन शुभ मानिन्छ ।

म्याग्दीको रिखारमा यस वर्षदेखि नियमित पूजा
गलेश्वर, २७ साउन (रासस) :जनैपूर्णिमाका दिन म्याग्दीको रिखार क्षेत्रमा सप्तऋषिको विशेष पूजाआजासहित मेला लाग्ने लागेको छ । हिन्दूहरुको धार्मिक ग्रन्थ श्रीमद्भागवतका अनुसार सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखार क्षेत्रमा जनै पूर्णिमाको दिन विशेष पूजासहित मेला आयोजना गरिएको हो ।

दुई वर्षसम्म कोभिड–१९ को सङ्क्रमणका कारण पूजा रोकिएकामा यस वर्ष स्वास्थ्य मापदण्डको पालना गरी क्षमा पूजासहित मेला आयोजना गरिएको हो । धर्तीको स्वर्ग र हिमाली देवताको बासस्थान भनेर चिनिने पवित्र रिखार क्षेत्र रघुगङ्गा गाउँपालिका–८ कँुइनेमङ्गलेमा पर्दछ । यो क्षेत्र धार्मिक तथा प्राकृतिक सौन्दर्यले युक्त छ ।

हिन्दू धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार वैदिक समाजका आरम्भकर्ता सप्तऋषीलाई मानिन्छ । मत्स्य पुराणका अनुसार संसार प्रलय भई जलमय हुँदा महाराज सत्यव्रत र अरुन्धतीसहित सप्तऋषि डुङ्गामा चढी सुरक्षितस्थलको खोजीमा समुद्रमा घुम्दै गर्दा लगातार उत्तरतर्फ डुङ्गा खियाउँदै जाँदा उनीहरुले उत्तरापन्थमा धौलागिरि पर्वतलाई समुद्रका बीचमा माथि उठेको देखेको र आफ्नो डुङ्गालाई त्यतैतिर अघि बढाई यहाँ आएर तपस्या गरेको उल्लेख छ ।

पुराणमा उल्लेख भएअनुसार पुलहाश्रमअन्तर्गतका चार धाममध्ये एक धाम मानिने ऋषिराश्रम धामको पूर्वमा गलेश्वरधाम, पश्चिममा मानसरोवरधाम, दक्षिणमा जगन्नाथ धाम र उत्तरमा मुक्तिनाथ धाम छन् । वाल्मीकि गुफा, अरुन्धती गुफा र सप्तऋषि गुफा यस क्षेत्रमा छन् । डुङ्गा आकारको ढुङ्गा र गुफाले मत्स्यपुराण र श्रीमद्भागवत् महापुराणका दृष्टान्तलाई सत्य प्रमाणित गरिदिएको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो । सप्तऋषिको तपोभूमिसमेत रहेको रिखार क्षेत्र हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मानिन्छ ।

हिन्दूका विभिन्न धार्मिक ग्रन्थमा रिखार क्षेत्रका बारेमा वर्णन गरिएको भए पनि यस क्षेत्रको प्रचारप्रसार हुन नसकेको पण्डित नीलकण्ठ आचार्यले बताउनुभयो । सप्तऋषिले तपस्या गरेको यस क्षेत्रमा हरेक वर्ष विशेष पूजाआजासहित मेला लाग्छ । यस वर्ष सावधानी अपनाएर पूजालाई निरन्तरता दिइएको रिखार युवा क्लबका संरक्षक अङ्कीत पुनले बताउनुभयो ।

रिखार क्षेत्र समुद्री सतहदेखि चार हजार छ सय मिटरको उचाइमा अवस्थित छ । यहाँ पुग्ने हरेक भक्तजन र पर्यटक यहाँको प्राकृतिक छटा देखेर लोभिने गर्दछन् । पछिल्लो समय कुँइनेमङ्गले नजिक सवारी साधन पुगेपछि यस वर्ष यहाँ उल्लेख्य भक्तजन आएका क्लवका संरक्षक पुनले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।