धनकुटामा भाइरल ज्वरोका बिरामी बढे पनि कोरोना भने सामान्य अवस्था मै : स्वास्थ्य निकाय
धनकुटा, ३० साउन । धनकुटामा भाइरल ज्वरोका बिरामी बढे पनि कोरोनाका सक्रिय संक्रमित भने १ जना मात्र रहेको जनाइएको छ ।
केहि समय यता जिल्ला अस्पताल सहित अन्य स्वाथ्य संस्थामा भाइरल ज्वरोका बिरामीहरु चेक जाँचका लागि आउने क्रम बढे पनि बिरामी भएर आएकाहरुमा कोरोना संक्रमण भने ज्यादै कममा मात्र भेटिएको जिल्ला अस्पताल धनकुटाका सुचना अधिकारी राजन पोख्रेलले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो अहिले जिल्ला अस्पतालमा भाइरल ज्वरो आएर उपचारका लागि आउनेको संख्या बढे पनि चेक जाँच गर्दा कोरोना नै पोजेटिभ देखिनेको संख्या भने ज्यादै कम रहेको छ । उहाँका अनुसार बिरामी भएर आएकाहरु पनि धेरैले कोरोना परिक्षण गर्न नमान्ने गरेको र चेकजाँच गरिएकामा समेत आजको मिती सम्म न्यून केश मात्र देखिएको छ ।
यता स्वास्थ्य कार्यलय धनकुटाले पनि स्वाथ्य जाँचको अवस्था लाई हेर्दा जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ज्यादै कम रहेको जनाएको छ । कार्यलयका अनुसार धनकुटामा १ जना मात्र कोरोनाका सक्रिय संक्रमित रहेको जनाएको छ । भाइरल ज्वरो र देश भरि नै कोरोना संक्रमण समेत बढी रहेकोले सरसफाई, स्वाथ्य सावधानी र खानपानमा भने विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।


