धनकुटामा समेत यसरी कृष्ण जन्माष्टमी पर्व मनाइदै

धनकुटा,३ भदौ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमी पर्व धनकुटाका विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरहरुमा आराधना गरी मनाइँदै छ।

भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झनामा आज कृष्ण जन्माअष्टमी मनाइने गरिन्छ । भगवान कृष्णको श्रद्धापूर्वक पूजा आराधना गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ। भगवान कृष्णले आफ्नै मामा कंशको ब’ध गरेर अ’त्याचार र अ’न्याय गर्नेहरुको जित हुँदैन भन्ने कुरा धर्म शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

कृष्ण जन्मिएको अवसरमा आज मध्यरातमा कृष्णलिलासमेत देखाइने परम्परा छ। कृष्ण जन्माष्टमी पर्वको अवसर पारेर धनकुटाका विभिन्न स्थानहरुमा आज विभिन्न संस्कृतिक कार्यक्रमहरु समेत विभिन्न संघ संस्थाले आयोजना गरेका छन् ।

यो पनि…
यस वर्षको गाईजात्रा आजदेखि सम्पन्न
भक्तपुर, ३ भदौ (रासस)ः गत साउन २७ गतेदेखि भक्तपुरमा सुरु भएको गाईजात्रा पर्व आजदवेखि पूरा गरिएको छ ।

जनै पूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि सुरु भएको गाईजात्रा पर्व आज पुनःतलेजुको पूजा गरेपछि सम्पन्न भएको त्यहाँका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने गरिए पनि अन्य दिनमा भने घिनताङ घिसीनाच र व्यङ्ग्य प्रस्तुत गरेर गाईजात्रा मनाइएको थियो ।
जात्रा समापनका क्रममा आज घिनताङ घिसी नाच, हनुमान नाच, माकप्याख नाच, जङ्गली नाच, काटुन, प्ले कार्ड, प्रदर्शन गर्दै टोलटोल घुमाइएको थियो भने भैरव मन्दिरमा नेवारी धोती हाकुपटासी लगाएर लामबद्ध सयाँै महिलाले टोलटोल घुमेर बत्तीसमेत जगाएका थिए ।

श्रीकृष्ण जन्माष्टमीसमेत रहेकाले नारायणको पूजा गरी नारायणका लागि आज भक्तपुरका बालबालिका एवं युवाले टाउको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, तौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी परिक्रमा गरेका थिए ।

आज टोलटोलबाट निकालिएका विभिन्न नाच नगर परिक्रमा गराई साँझ तलेजुको जात्रा गरेपछि विधिवत्रुपमा गाइजात्रा सम्पन्न भएको मानिने मूल नाइके जोशीले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।