प्रदेश सरकारद्वारा एम्बुलेन्स हस्तान्तरण

धनकुटा,८ भदौ । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई महत्वका साथ आफ्नो कार्यक्रम र बजेटमा राखेको बताउनु भएको छ । प्रदेश सरकार स्वाथ्य मन्त्रालय प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र प्रदेश नम्बर १ विराटनगरले धनकुटामा गरेको एम्बुलेन्स हस्तान्तरण कार्यक्रमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताउनु भएको हो ।

उहाँले अहिले पनि धेरैलाई विकास भनेको भौतिक विकास मात्र भएको लाग्ने गरेको बताउँदै जनताको स्वास्थ जती ठूलो कुरा सरकारका लागि अरु नभएको बताउनु भयो । उहाँले प्रदेश सरकारले विनियोजन गरेको बजेट लाई हेर्दा पनि सरकार जनताको स्वास्थमा कति जिम्बेवार छ भन्ने कुरा प्रष्ट हुने बताउनु भयो साथै स्वाथ्यमन्त्री जयराम यादवले एम्बुलेन्स नपाएर विरामीले ज्यान गुमाई रहेको अवस्थामा प्रदेश सरकारले त्यस लाई मध्ये नजर गर्दै एम्बलेन्स हस्तान्तरण गरेको बताउनु भयो ।

जिल्ला समन्वय समिती धनकुटाका प्रमुख निरेन तामाङ्गले धनकुटा अस्पतालको सुधारका लागि समेत आवश्यक सहयोग गरिदिन माग गर्दै धनकुटा जिल्ला लाई समेत निकट भबिष्यमा एम्बुलेन प्राप्त हुन्छ भन्ने अपेक्षा राखेको बताउनु भयो । प्रदेश सरकारले ओखलढुंगा, भोजपुर, पाँचथर र सोलुखुम्बु जिल्ला लाई ३ हजार ५ सय सिसिको ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

ठगी गर्ने १९ हजार कारबाहीमा
काठमाडौँ, ८ भदौ (रासस) ः नेपाल नापतौल तथा गुणस्तर विभागले पछिल्लो समय नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने व्यापारीको निगरानी बढाएको छ ।

विभागले आर्थिक वर्ष २०७८÷७९ मा अनियमित रुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी देशभरका विभिन्न स्थानका उपभोक्तालाई ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ । विभागका अनुसार काठमाडौँबाट आठ हजार आठ सय ५१, पोखराबाट एक हजार छ सय ७९, बुटवलबाट एक हजार ६४, नेपालगञ्जबाट एक हजार ५०, सुर्खेतबाट चार सय नौ, धनगढीबाट एक हजार ६७, सिलगढीबाट एक सय ७४, वीरगञ्जबाट एक हजार दुई सय ५१, जनकपुरबाट एक हजार एक सय ३९, विराटनगरबाट एक हजार चार सय ८५ र झापाबाट आठ सय ४५ व्यापारीलाई कारबाही गरिएको हो । विभागका प्रवक्ता ज्योति जोशी भट्टले नाप्ने र तौलने यन्त्रको प्रयोग गरी उपभोक्तालाई ठगी गरेकाले विभागले उनीहरुलाई कारबाही गरेको जानकारी दिनुभयो ।

उहाँले पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले उनीहरुमाथि विभागले विशेष निगरानी बढाएको बताउनुभयो । अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको विभागले जनाएको छ । त्यस्ता व्यापारीमाथि कारबाही गर्दै आइएको प्रवक्ता भट्टले बताउनुभयो । गत आर्थिक वर्षमा २३ हजार ४९ व्यापारीले नापतौल यन्त्र जाँच गराएका छन् । उक्त जाँच गराउने व्यापारीमध्ये काठमाडौँमा धेरै छन् । काठमाडौँमा पाँच हजार छ सय ४१ व्यापारीले यन्त्र जाँच गराएका हुन् ।

यस्तै, पोखराबाट तीन हजार छ सय ७३, बुटवलबाट एक हजार चार सय ५७, नेपालगञ्जबाट एक हजार एक सय ३७, सुर्खेतबाट सात सय ४८, धनगढीबाट एक हजार सात सय ९३, सिलगढीबाट एक सय ८९, वीरगञ्जबाट दुई हजार दुई सय ६३, जनकपुरबाट एक हजार पाँच सय ७८, विराटनगरबाट तीन हजार तीन सय १९ र झापाबाट एक हजार ५१ व्यापारीले सो यन्त्र जाँच गराएका हुन् ।

सोही आवमा सो यन्त्र प्रयोग गर्न अनुमतिपत्र प्रदान तथा इजाजतपत्र नवीकरण गर्ने व्यापारीको सङ्ख्या ११ हजार तीन सय ६३ रहेको छ । यसैगरी, देशभर नौ हजार ६ सय ५८ ट्याक्सीको मिटर जाँच गर्नुका साथै चार हजार नौ सय ६८ पटक पेट्रोलियम पदार्थ वितरण पम्प जाँच गरेको विभागले जनाएको छ ।

नापतौलसम्बन्धी उपभोक्ता हकहित संरक्षणका लागि विभागले ९२ पटक एकल अनुगमन तथा ९१ पटक संयुक्त अनुगमन गरेको छ । यस्तै, विभागले उपभोक्ता ठगी गर्ने ३३ कम्पनी तथा ट्याक्सी चालकविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ । विभागले जानीजानी आम सेवाग्राही तथा उपभोक्तालाई ठगी गर्ने क्रम बढेकाले कारबाहीस्वरुप उक्त कम्पनी तथा ट्याक्सीविरुद्ध मुद्दा दायर गरेको बताएको छ ।

विभागका महानिर्देशक दिनानाथ मिश्रले सीमित स्रोतसाधनकाबीच विभागले बजार अनुगमनलाई प्राथमिकता दिएको बताउनुभयो । “कम जनशक्ति र स्रोतसाधनका कारण सबै स्थानमा पुग्न सकेका छैनौँ, विभागले आगामी दिनमा बजार अनुगमनलाई प्राथमिकता राख्छ”, उहाँले भन्नुभयो । आम उपभोक्ता ठगी गर्ने जोकोहीलाई विभागले कारबाहीको दायरामा ल्याउने उहाँको भनाइ छ । विभागले गत आर्थिक वर्षमा विभिन्न शीर्षकअन्तर्गत रु सात करोड १६ लाख ११ हजार आठ सय ५७ राजश्वसमेत सङ्कलन गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖