बाँकेमा कोरोना संक्रमित राख्ने होल्डिङ सेन्टर सेनालाई हस्तान्तरण

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ भवानीयापुरमा निर्माण गरिएको होल्डिङ सेन्टर ठेकेदार कम्पनीले नेपाली सेनालाई हस्तान्तरण गरेको छ ।

ठेकेदार कम्पनी हनुमान कन्स्ट्रक्सनले श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि उत्तम विष्टलाई होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण गरेको हो ।

विसं २०७८ साउनमा होल्डिङ सेन्टर निर्माण अघि बढाइएको थियो । होल्डिङ सेन्टर एक हजार शय्या ९बेड०को रहेको छ । होल्डिङ सेन्टरको निर्माण नेपाली सेनामार्फत नै ठेकेदारलाई दिइएको थियो ।

ठेकेदारले काम सम्पन्न गरेर सेनालाई हस्तान्तरण गरेको हो । सेनाले उक्त संरचना सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । सहायक रथि विष्टले संरचना तयार भइसकेकाले अब स्थानीय निकाय वा प्रमुख जिल्ला अधिकारीमार्फत हस्तान्तरण गरिने बताउनुभयो ।

सीमावर्ती जिल्ला र सुरुआती चरणको कोरोना महामारीका समयमा बाँके ‘हटस्पट’ बनेपछि बिरामी राख्ने ठाउँ नहुँदा होल्डिङ सेन्टर निर्माण अघि बढाइएको थियो ।

ज्यालामा बढोत्तरी

बाँकेमा ज्याला मजदुरी तथा श्रम गर्नेको ज्याला बढाइएको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्ष २०७९÷८० का लागि दररेट निर्धारण गरेको हो ।

जिप्रका बाँकेले सार्वजनिक खरिद नियमावली, २०६४ को परिच्छेद १५ को नियम १४८ ९१० बमोजिम जिल्ला दररेट निर्धारण समितिको बैठकले निर्णय गरेको आधारमा दररेट निर्धाण गरेको हो ।

बैठकको निर्णयानुसार, सिकर्मी, डकर्मी, चित्रकार, बज्रकर्मी, रोलर र ग्रेडर अपरेटरको प्रतिदिन प्रतिव्यक्ति ज्याला रु आठ सय ४० बाट बढाएर रु नौ सय ९२ पु¥याइएको छ ।

बैठकले अर्धदक्ष कामदारको ज्याला रु सात सय चारबाट बढाएर रु आठ सय ३२, ज्यामीको रु पाँच सय ९० बाट बढाएर रु छ सय २६, वेल्डरको रु सात सय ९० बाट बढाएर रु आठ सय तीन तथा सहायक वेल्डरको रु छ सय ८० बाट बढाएर रु सात सय २२ ज्याला तोकेको छ ।

यस्तै कुचिकारको ज्याला रु पाँच सय २५ बाट बढाएर रु पाँच सय ५७ र चौकीदारको रु पाँच सय ९० बाट बढाएर रु छ सय २६ कायम गरिएको छ ।

नेपाली सिमेन्ट पिसीसीको प्रतिबोरा रु छ सय ८० र नेपाली ओपिसी सिमेन्टको प्रतिबोरा मुल्य रु सात सय ८० कायम गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।