धनकुटामा अहिले सम्म डेंगु बिरामी फेला परेको छैन : जिल्ला अस्पताल धनकुटा

धनकुटा, १३ भदौ लामखुट्टेको टोकाइबाट सर्ने र फैलने डेंगु रोग अन्य जिल्लामा देखिएको भए पनि अहिले सम्म धनकुटामा उक्त रोगका बिरामी फेला नपरेको जिल्ला अस्पताल धनकुटाले जनाएको छ ।

धनकुटामा छिमेकी जिल्लाहरुमा समेत डेंगु रोगका बिरामी फेला परि रहेको अवस्थामा धनकुटामा भने बिरामी भएर अस्पताल आएका बिरामीको चेक जाँच गर्दा डेंगु फेला नपरेको जिल्ला अस्पताल धनकुटाका सुचना अधिकारी राजन पोख्रलले जानकारी दिनु भयो । अहिले सम्म डेंगी बाट धनकुटा अहिले सम्म सुरक्षित समेत जनाइएको छ ।

खासगरी यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ, जसले दिउँसो मात्र टोक्ने गर्दछ ।

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि
काठमाडौँ, १३ भदौ (रासस) : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ७६ अङ्कले उकालो लागेर एक हजार नौ सय ९३ दशमलव शून्य दुईमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ ले वृद्धि भई तीन सय ८७ दशमलव ४६ मा पुगेको छ । नेप्सेका अनुसार कूल दुई सय २२ कम्पनीको ३४ लाख ४० हजार नौ सय कित्ता शेयर रु एक अर्ब २६ करोड ६६ लाख १९ हजार एक सय ५० मा कारोबार भयो ।

कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने नौ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैंकिङ शून्य दशमलव १५, लघुवित्त तीन दशमलव ९८, सामूहिक लगानी कोष शून्य दशमलव १६ र लगानी शून्य दशमलव ३८ अङ्कले ओरालो लाग्यो ।

यस्तै, व्यापार १७ दशमलव १४, होटल तथा पर्यटन ३५ दशमलव ३८, विकास बैंक २८ दशमलव १३, जलविद्युत् छ दशमलव ९२, वित्त ३१ दशमलव, निर्जीवन बीमा सात दशमलव शून्य नौ, उत्पादन ४० दशमलव ५५, अन्य छ दशमलव ९३ र जीवन बीमा ४३ दशमलव १२ अङ्कले उकालो लागेको छ ।

नेप्सेका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ५६ अर्ब ७७ करोड ७९ लाख ५९ हजार ४३ बराबर रहेको छ । सोमबारको कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड २५ लाख ७६ हजार सात सय ७८ बराबरको कारोबार भयो ।

यस्तै, अरुण काबेली पावर रु पाँच करोड ५५ हजार एक सय आठ, हिमालयन डिस्टिलरी रु चार करोड दुई लाख ४९ हजार एक सय ९२, शिवम् सिमेन्ट रु तीन करोड ५८ लाख चार हजार सात सय र रिडी हाइड्रोपावर रु तीन करोड ५४ लाख ६० हजार छ सय ५६ बराबरको कारोबार भई शीर्ष पाँचमा रहेका छन् ।

नेप्सेका अनुसार विन नेपाल लघुवित्त सात दशमलव ४८, रिलायन्स फाइनान्स छ दशमलव ६४, मैलुङ खोला जलविद्युत् कम्पनी पाँच दशमलव ८४, सिभिल लघुवित्त चार दशमलव ९६ र समता घरेलु लघुवित्तका लगानीकर्ताले चार दशमलव ६३ प्रतिशतले कमाए ।

त्यस्तै, रुरु जलविद्युत् परियोजना पाँच दशमलव ७०, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलव ७३, एनआइबिएल प्रगति फण्ड तीन दशमलव ६९, नबिल ब्यालेन्स फण्ड तेस्रो तीन दशमलव शून्य दुई र सामुदायिक लघुवित्तका लगानीकर्ताले दुई दशमलव ४७ प्रतिशतले गुमाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।