हिमालको फेदीमा सुन्दर विद्यालय

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्वर ६ मा रहेको थाङ्पालधाप माध्यामिक विद्यालय । तस्बिर ः रुपक पुरी,रासस

सुदूरपश्चिममा धुमधामसँग गौरा पर्व मनाइँदै
–शेरबहादुर सिंह/महेन्द्रनगर, १८ भदौ (रासस): सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व धुमधामका साथै मनाइँदै छ । सुदूरपश्चिमका पहाडी जिल्लादेखि तराईको कैलाली र कञ्चनपुरमा यतिबेला गौराको रौनकता छाएको छ ।

प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गिीनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको छ । शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो । डोट्याली लोकसाहित्यमा विद्यावारिधी गरिरहनुभएका महेन्द्रनगरका साहित्यकार कविराज भट्ट भाद्र शुक्ल पक्ष पञ्चमीदेखी सुरु हुने गौरा पर्व परम्परागत रिती अनुसार मनाइने गरेको बताउनुहुन्छ ।

बिबाहित नारीले आफ्नो परम्पराअनुसार पुरुषजस्तै यज्ञोपवित्रताका रुपमा दुबधागो लगाउने चलन यस क्षेत्रमा रहेको छ । नारीले पुरुषजस्तै यज्ञोपवित्रताका रुपमा दुबधागो लगाउने र त्यसमै लक्ष्मीको वैदिक मन्त्र जप्ने गरिएको उहाँले बताउनुभयो । “गौराको पूजा अर्चनाले विशेष गरी श्रीमान् तथा घरपरिवारका सदस्यहरु निरोगी, दीर्घायु हुने, परिवारमा सुख समृद्धि हुने जनविश्वास छ”, भट्टले भन्नुभयो, “गौरामा देउडा खेलेर रमाइलो गरिन्छ ।”

दुर्वाष्ठमीको दिन (आज) गौराको महत्वपूर्ण दिन हो । यसलाई अँठेवाली पनि भन्ने गरिन्छ । यो दिन महिलाले सगुन फागसहित गौरादेवीलाई आँगनमा लगेर राख्छन् । सबै महिला जम्मा भइ अँठेवाली गायनसँगै बिरुडाले गौराको पूजा गर्दछन् । अँठेवालीकै बिचमा प्रसङ्गअनुसार एउटा धर्मकथा प्रस्तुत गरिन्छ । यो कथा सबै महिलाले सुन्ने सुनाउने गर्दछन् ।

त्यसपछि मङ्गल गीत (सगुन, फाग)सहित तामाको ताउलीलाई गाईको गोबर, दुबो र जौँ तिलले सजाउने परम्परा छ । पाँच अन्न बिरुडा (मास, गहत, गहू, कलौं र गुरुस) तामाको भाँडोमा हाली सुगन फाग गायनसँगै गौरा भित्र्याइन्छ । बिरुडालाई देवीको प्रतीकका रुपमा मानी चन्दन, अक्षता, फूल, धुप, दीप, फललगायत चढाएर पूजा गर्ने गरिन्छ । उक्त भिगाएका बिरुडा भएको ताउलीलाई टाउकोमा राखी सगुन, फाग गायनसँगै महिलाहरुले पानीको मूहानमा लगेर सगुन गायनसँगै पाँच पल्ट धुने प्रचलन छ ।

धारामा साँवाधानको गौरादेवीको मूर्ति बनाएर स्थापना गरी बिरुडा तथा चन्दन, अक्षता, पाती, धुप, दीप, फल आदिले पूजा गरी पुनः फाग गायनसँगै घरमा भित्रयाउने चलन छ । सप्तमीको दिन चेलीबेटीले खेतबाट धान, साँवाधान, कुर्जो आदि हालेर रातो कपडा वा घुम्टीमा बेरेर गौराको मूर्ति बनाइ गौरा घरमा ल्याउँछन् । गौरालाई डालोमा राखेर शुद्ध आसनमा स्थापित गरिन्छ । एउटा काठको पिर्कोमा पहेलो कपडा बनाएर महेश्वर पनि स्थापना गरिन्छ ।

भट्टका अनुसार अँठेवालीको दोस्रो दिनदेखि विभिन्न देवालयमा पुरुषको देउडा खेल सुरु हुन्छ । देवीदेवता तथा पौराणिक कथावस्तुमा आधारित ढुस्को, धुमारी, ठाडोखेललगायत प्रस्तुत गरिन्छ । “गौरा विसर्जनलाई गौरा सेलाउने भनिन्छ”, उहाँले भन्नुभयो । गौरा धार्मिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, पौराणिक, ऐतिहासिक तथा अन्य विविध दृष्टिकोणले महत्व बोकेको पर्व हो ।

गौरा महाकाव्यका लेखक दिलानन्द पन्त गौरा नारीको विषेश पर्व भएको बताउनुहुन्छ । “यो पर्वमा उपासना गरी नारीले गौरीको दुबधागो लगाउँछन । जसरी ब्रतबन्धपछि जनै धारण गरी पुरुष यज्ञोपवित्र हुन्छन्”, उहाँले भन्नुभयो । देउडा गौराको अवसरमा रमाइलोका लागि खेलिने खेल भएको उहाँको भनाइ छ । सप्तमी र अष्टमीलाई गौराका विशेष दिनका रुपमा लिइने गरिन्छ । गौरा पर्व मनाउन भारत तथा अन्य मुलुकमा भएका सुदूरपश्चिमेली घर फर्किन्छन् । गौराको अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा महाकाली साहित्य सङ्गम, खप्तड समाजलगायतले देउडा प्रतियोगिता आयोजना गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।