पाख्रीवास आधारभुत अस्पताललाई आराम कुर्सी प्रदान

धनकुटा । नेपाल निजामती कर्मचारी युनियन धनकुटाले पाख्रीवास आधारभुत अस्पताललाई आराम कुर्सी प्रदान गरेको छ ।

कर्मचारी युनियन दिवसको अवसर पारी आज पाख्रीवास अस्पतालमा एक कार्यक्रमको आयोजना गरि पाख्रीवास नगर प्रमुख ज्ञानबहादुर गुरुङ सहितको उपस्थितिमा युनियन धनकुटाका अध्यक्ष खिर वहादुर बुढाथोकीले अस्पतालका डा. अंकित शर्मालाई तीन-तीन सिटको दुई सेट आराम कुर्सी हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा नगर प्रमुख गुरुङ, वडा नं ४ का वडाध्यक्ष सन्तोष मानन्धर र नेपाली कांग्रेस नगरसभापति प्रेम भण्डारीले मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारी,नगरका विभिन्न शाखाका कर्मचारीहरुको उपस्थिती थियो ।

स्वास्थ्य क्षेत्रमा प्रथम बन्योे मध्यनेपाल नगरपालिका
गलकोट, १९ भदौ ९रासस०ःलमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका स्वास्थ्य क्षेत्रमा ८५ पालिकामध्येबाट प्रथम भएको छ । शनिबार बागलुङमा सम्पन्न गण्डकी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा गण्डकी प्रदेशभरका सबै पालिकाको स्वास्थ्य क्षेत्रको विकास, गरेको काम र हासिल गरेको प्रगतिलगायत सूचकहरुको आधारमा ८५ पालिकामध्येबाट उक्त नगरपालिका प्रथम भएको घोषणा गरिएको गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव श्रीराम तिवारीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७८÷७९ को प्रदेश स्तरीय वार्षिक समीक्षा बागलुङ बजारमा गरिएको थियो । समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा पालिकाहरुलाई १०० नम्बरको सूचकको आधारमा मूल्याङ्कन गर्दा सबैभन्दा बढी अङ्क ८७दशमलव चार अङ्क प्राप्त गर्दै उक्त नगरपालिका प्रथम भएको उक्त मन्त्रालयले जनाएको छ ।

यस्तै पर्वत जिल्लाको पैयु गाउँपालिका दोस्रो र म्याग्दीको बेनी नगरपालिका तेस्रो भएको छ । पैयँुले ८६दशमलव दुई र बेनीले ८५ अङ्क प्राप्त गर्दै दोस्रो र तेस्रो स्थान हासिल गरेका हुन् । गत वर्ष पालिकाले लिएको स्वास्थ्य योजना, बजेट, दुर्गमता, स्वास्थ्य क्षेत्रमा भएको प्रगति र न्यूनतम स्वास्थ्य मापदण्डलगायत सूचकका आधारमा नम्बर दिइएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिम बहादुर खड्काले बताउनुभयो ।

समीक्षा कार्यक्रममा गण्डकी प्रदेशका सात जिल्लाहरुको सरकारी अस्पताल, स्वास्थ्य कार्यालय तथा आयुर्वेद औषधालयका स्वास्थ्यकर्मी सहभागी थिए । कार्यक्रममा दोस्रो स्थान हासिल गर्ने पर्वत जिल्लाको पैयँु गाउँपालिकालाई सम्मान गरिएको थियो । सुत्केरीसँग सन्चो बिसन्चो कार्यक्रमबाट चर्चित बनेको पालिकाले कोरोनाको जोखिमीमा समेत उल्लेख्य भूमिका निर्वाह गरेकोे थियो ।

स्वास्थ्य क्षेत्रमा गरेको कामका आधारमा हाम्रो पालिका ८५ पालिकमध्ये दोस्रो स्थानमा आउदा खुसी लागेको बताउदै उक्त गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले आगमी दिनमा स्वास्थ्यलाई प्राथमिकता राखेर बताउनुभयो । प्रथम हुने मध्यनेपाल नगरपालिकालाई दोस्रो चरणको समीक्षा कार्यक्रममा सम्मान गरिने उक्त मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।