सङ्खुवासभा खाँदबारी नगरपालिका-७ मा फूलेको मखमली फूल

सङ्खुवासभा खाँदबारी नगरपालिका-७ मा फूलेको मखमली फूल । तिहारका लागि भनेर रोपिएका फूलहरू समय अघिनै फूल्न थालेका छन् । तस्बिर ः भविन कार्की,रासस

राना थारू सङ्ग्रहालय भवन निर्माण अलपत्र
कञ्चनपुर, २५ भदौ (रासस) :शुक्लाफाँटा नगरपालिका–१२ मा निर्माण थालिएको राना थारू सङ्ग्रहालय भवन निर्माणको काम बजेट अभावका कारण अलपत्र परेको छ ।

राना थारू समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले सङ्ग्रहालय भवन तीन वर्षअघि निर्माण सुरु गरिएको थियो । सङ्ग्रहालय निर्माणका लागि बजेट अभाव हुँदा दुई वर्षदेखि निर्माणकार्य अगाडि बढ्न सकेको छैन । भवन निर्माणका लागि सुरुमा नगरपालिकाले रु १७ लाख रकम विनियोजन गरेर काम अघि बढाइए पनि अझै भवन निर्माण पूरा गर्न रु १० लाख बजेट आवश्यक पर्ने देखिएको छ ।

“बजेट अभाव हुँदा भवनको छत ढलान गर्न सकेका छैनौँ” वडाध्यक्ष नवलसिंह रानाले भन्नुभयो, “नगरपालिका र प्रदेश सरकारसँग बजेट माग गरेका छौँ, बजेटको व्यवस्था भए चालु आवमै भवन निर्माणको कार्य पूरा हुन्छ ।”

भवन निर्माण भएपछि राना थारूसँग सम्बन्धित संस्कृति, रहनसहन, वेषभूषा, गहनालगायतका सामग्री सङ्ग्रहित गरिने उहाँले बताउनुभयो । सङ्ग्रहालयको अढाइ बिघा जग्गामा रक्तचन्दनका दुई सय५०, श्रीखण्डका दुई सय ५०, रुद्राक्षका २०, कपुरका ४० र विभिन्न प्रजाति आँपका एक सय बिरुवा रोपण गरिएको छ ।

सङ्ग्रहालय क्षेत्रमै धार्मिक तथा सांस्कृति कार्यक्रम आयोजना गर्नका लागि मञ्च तयार गर्ने, सत्सङ्ग भवन निर्माण गर्ने, स्वयम्वर घर निर्माण गर्ने र आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होमस्टे सञ्चालन गर्नेलगायतका योजना वडा कार्यालयले अघि सारेको छ ।

“भौतिक संरचना निर्माणका लागि विभिन्न दातृ संस्थासँग लगानीका लागि रकमको माग गरेका छौँ”, वडाध्यक्ष रानाले भन्नुभयो, “धेरै ठाउँबाट अश्वाशन पाइएको छ । आवश्यक बजेटको व्यवस्था हुनासाथ निर्माणकार्य अगाडि बढाउँछौँ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।