ओक्मालुङमा बीउ स्रोतका लागि बेमौसमी स्कुस खेती शुरु

धनकुटा खबर संवाददाता । धनकुटा नगरपालिका वडा नम्बर १ को ओक्मालुङमा आज एक समारोहका बीच धनपा १ का वडा अध्यक्ष ओङ्द तामाङले साततले गुफा कृषि सहकारी संस्था लि.मा आवद्ध ३६ जना शेयर सदस्यहरुलाई बेमौसमी स्कुस जात हजारे स्कुसको स्रोत बीउ बितरण गर्नुभयो ।

प्रमुख अतिथिको रुपमा आउनु भएका अध्यक्ष तामाङले स्कुसलाई बिधिवत रुपमा रोपेर तालिम कार्यक्रमलाई सम्बोधन गर्दै यो साल यसलाई परिक्षणका लागि मात्रै रोपिने र अर्को साल यसबाट राम्रो उत्पादन भएमा ब्यापक यसको खेतीको लागि प्रोत्साहन गरिने बताउनु भयो ।

हजारे जातको स्कुसको सबैभन्दा राम्रो खेती समुद्र सतह देखि ९ मिटर माथिको भाग र १५ सय मिटर भन्दा तलको भुभागमा हुने ईलाम जिल्लाका ब्यवसायिक हजारे जात स्कुस उत्पादक कृषकहरु बताउँछन । यसको सबैभन्दा राम्रो बिशेषता के हो भने प्रत्येक आँख्लामा २ देखि ४ वटा सम्म फल्न सक्ने क्षमता हुन्छ । भदौ असोजमा रोपेर चैतबाट फलाउन सकिने यो स्कुस मंसिर सम्मै फल्ने गर्दछ । प्रत्येक १० दिनको फरकमा टिपाई हुने यो स्कुस एकैसाल ३० पटक सम्म टिप्न सकिन्छ । प्रति रोपनी न्युनतम ६ हजार देखि बढीमा १० हजार केजी सम्म फल्ने गर्दछ ।

निकै संवेदनशील खालको स्कुस भएको कारणले यसलाई कम्तिमा पनि १ फिट अग्लो माटोको उचाई बनाएर त्यसमा मल र माटो मोलेर रोप्नुपर्दछ । यसलाई पानी जम्ने गरि दिनुहुदैन बर्षादमा पर्ने पानीबाट जोगाउनैका लागि यसलाई एक फिट उचाई गरेर रोप्नु पर्दछ । अधिक फैलावट क्षमता भएको यो स्कुसको मुन्टा टिप्नु हुदैन । यसलाई काँटछाँटको रुपमा भने पातलाई प्रत्येक २० दिनको फरकमा टिप्नुपर्दछ । यसरी टिपिएको पातलाई गाईबस्तु तथा बंगुरलाई दानाको रुपमा प्रयोग गर्न सकिन्छ ।

तेखिमे कृषि परामर्श सेवा फर्मका संचालक तथा कृषि पर्यटन अभियन्ता जीवनप्रसाद राईका अनुसार यो हजारे जातको स्कुसको माग हाल धेरै रहेकोले धनकुटा जिल्लाका ७ वटै पालिकाका ६० वटै वडाहरुमा बीउ उत्पादन स्रोत केन्द्रका लागि यसलाई फैलाउन आवश्यक रहेको बताउनु हुन्छ । स्कुसको बजार पश्चिम नेपाल, भारत, बंगलादेश र खाडी मुलुकसम्म रहेको उहाँले बताउनु भयो । स्कुसबाट सयौ परिकार बन्ने तथा यो स्वास्थको लागि एकदमै राम्रा फल हो र पश्चिमी तथा बिकसित मुलुकमा यसलाई स्तरीय होटलहरुमा राम्रो मेनु बन्ने गरेको छ । नेपालमा पनि अब यसलाई मेनु बनाई बिक्री बितरण गर्ने प्रबन्ध हुनुपर्ने राईको जिकिर रहेको छ ।

कार्यक्रम साततले गुफा कृषि सहकारी संस्थाका अध्यक्ष मान कुमार राईको अध्यक्षतामा कृषि अभियन्ता जीवनप्रसाद राईले स्कुस रोप्ने तालिम दिएका थिए । कार्यक्रमका प्रमुख अतिथिमा धनपा १ का वडा अध्यक्ष वङ्द तामाङ, अतिथिहरुमा वडा सदस्य सुवास रानामगर,बजार ब्यवस्थापन समिति हिलेका अध्यक्ष लालचन्द्र गोङबा, संयुक्त महिला समुह हिलेका अध्यक्ष पार्वती श्रेष्ठ स्थानीय बुद्धिजीविहरु अर्जुन छाराहङ, नकुल छाराहङ, चौबिसे गाँउपालिकाबाट पाल्नु भएका हिमाल लिम्बु रहनु लगायतका ब्यक्तिहरुको उपस्थिति थियो ।

संस्थामा आवद्ध ३६ जना शेयर सदस्यहरुले तालिम लिनुका साथै बीउ प्राप्त गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।