ताप्लेजुङको फुङ्लिङमा दसैैँखर्च जुटाउँन ढाकाको कपडा बुन्दै

b;}}Fvr{ h’6fpFg 9fsfsf] sk8f a’Gb}
km’lªnª, !) c;f]h M tfKn]h’ªsf] km’lªnª gu/kflnsf& cjl:yt ;f]gL 9fsf sk8f pBf]udf b;}Fvr{ h’6fpg 9fsfsf] sk8f a’Gb} pBdL dlxnf . tl:a/ M lbns’df/ lnDa”÷/f;;
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—७ अवस्थित सोनी ढाका कपडा उद्योगमा दसैँखर्च जुटाउन ढाकाको कपडा बुन्दै उद्यमी महिला । तस्बिर ः दिलकुमार लिम्बू÷रासस
सुनसान बन्दै ऐतिहासिक पथ्थरकोट बजार
कपिलवस्तु (बुद्धभूमि), १० असोज (रासस) ःपहाडको खोच अनि समथल तराईको सिरानामा छ पथ्थरकोट । अर्घाखाँचीको सिमानासँग जोडिएको पथ्थरकोट कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा पर्छ ।
पूर्व–पश्चिम राजमार्गको गोरुसिङ्गे चोकबाट ११ किलोमिटरको दूरीमा पर्ने यो बजार पुख्र्यौली चर्चित बजार हो । विसं २०२४ देखि पथ्थरकोट बस्दै आउनुभएका रामप्रसाद उपाध्यायका अनुसार झण्डै साढे दुईदशकदेखि पथ्थरकोटमा बजार बसेको हो ।
नून, तेल, लत्ताकपडादेखि सुनसम्म पाइने यो बजारका ग्राहक प्यूठान, अर्घाखाँची, गुल्मी, बागलुङ, रोल्पा, दाङ र स्वय्म कपिलवस्तुवासी थिए । यी जिल्लाका नागरिक यहाँ बजारका लागि आउने गरेको उपाध्याय बताउनुहुन्छ ।
“त्यस बेला पश्चिम नेपालको चर्चित पथ्थरकोट बजार भारतीय व्यापारीको प्रमुख गन्तव्य हुन्थ्यो । भारतीय सिमावर्ती कृष्णनगर बजार सडक पहुँचको हिसाबले दुर्गम थियो । त्यसो हुँदा ग्राहकको ओइरो पथ्थरकोट बजारमा लाग्थ्यो”, उपाध्याय भन्नुहुन्छ । “त्यति बेला कपडा पसल राखेको थिएँ, कपडा किन्न आउने ग्राहकले दुई÷तीन दिनसम्म लाइनमा बसेर कपडा किन्न पाउँथे”, विगत सम्झदै उपाध्याय भन्नुहुन्छ, “दिनरात व्यापार गर्दा खाने र सुत्ने ठेगान नै हुन्थेन, ती बेलाको रेकर्ड म सँग अझै छ ।”
उति बेला तराईमा भन्दा पहाडमा जनसङ्ख्या बढी थियो । तराईमा औँलो लाग्ने भयले मानिस झर्न चाहदैनथे । यही कारणले पनि पथ्थरकोट बजार बढेको हो । पहाडसँग जोडिएकाले पथ्थरकोटलाई उतिबेला औँलोको जोखिमयुक्त कमै मानिन्थ्यो । तरपनि, औँलोको डरले ग्राहक दिनभर सामान किन्ने, रात परेपछि पहाडमा गएर सुत्ने गरेको तीन पुस्ता पथ्थरकोटमा विताउनुभएका रामदेव गुप्ता सम्झनुहुन्छ ।
गुप्ता भन्नुहुन्छ, “ग्राहकको चापले गर्दा एकै दिनमा सामान किन्न पाइने स्थिति हुन्थेन । दुई÷तीन दिन लगाएर सामान किन्नुपर्ने बाध्यता थियो”, पार्वती बोहरा भन्नुहुन्छ, “उतिबेला बटौली बजार (हालको बुटवल) पनि पथ्थरकोट जस्तो व्यवस्थित थिएन । पाल्पाको अनकन्टार पहाडले गर्दा नागरिक बटौली नगई पथ्थरकोट आउने गर्थे । पथ्थरकोटका अलवा बटौली र कृष्णनगर बाहेक पश्चिम नेपालमा कुनै बजार थिएनन् । तरपनि उतिबेला सबै हिसाबले सुगम पथ्थरकोट थियो । त्यही भएर मानिसको ओइरो लाग्थ्यो ।” पथ्थरकोटवासी विगतको कुरा गर्दा जसरी उत्साहित हुन्छन्, वर्तमानको अवस्था सोध्दा उत्तिकै चिन्तित हुन्छन् ।
गाउँगाउँमा विकास पुगेपछि बजार सुनसान बनेको बजारबासी विलासी गुप्ताको भनाइ छ । “लोकतन्त्र, गणतन्त्र पश्चात् गाउँ–गाउँ मोटरबाटो पुग्यो, विकास पुग्यो”, ६७ वर्षीय विलासी गुप्ताले भन्नुभयो, “आजभोलि व्यापार छदैछैन भनेपनि हुन्छ ।”
गोरुसिङ्गे, चार नम्बर, तौलिहवा, चन्द्रौटाजस्ता बजार दिन प्रतिदिन चम्कदै गए पनि पथ्थरकोट बजार सुनसान बन्दै गएको छ । व्यापार व्यवसाय सुक्दै जाँदा अधिकांशले बजार छाडिसकेका छन्, कतिपय व्यापार छाडेर घरमै बस्न थालेका छन् ।
पुराना शैलीका घर देखिने यहाँ बसाइँ सरेर आउने क्रम पनि बढेको छैन् । पहाडी भेगका अधिकांश नागरिक सुख खोज्दै तराई झरिरहेका बेला पथ्थरकोट झर्ने कमै मात्र छन् । बुद्धभूमि नगरपालिका– १ का वडाध्यक्ष तेजबहादुर बस्नेतले आफू निर्वाचित भएपछि पथ्थरकोटको विकासमा लागिपरेको बताउँनुहुन्छ ।
“म जनप्रतिनिधि नुहँदाको पथ्थरकोट र अहिलेको पथ्थरकोट निकै फरक छ”, विकास निर्माणको कुरा गर्दै वडाध्यक्ष बस्नेतले भन्नुभयो,“यो ऐतिहासिक बजारको विकास द्रुत गतिमा गर्ने लक्ष्य लिएका छौँ ।” यहाँ हिउँदको समयमा खानेपानीको अभाव हुन्छ । यसको समाधानमा वडा कार्यालय लागिपरेको बस्नेत बताउँनुहुन्छ ।


