हिलाम्य बनेको भोजपुर– बहेरेखोलास्थित सडक

हिलाम्य बनेको भोजपुर– बहेरेखोलास्थित सडक । पानी परेर ग्रामीण सडक हिलाम्मे हुँदा यातायातका साधन सञ्चालन गर्न र यात्रुलाई आवतजावतमा समस्या भएको छ । तस्बिर ः युवराज विष्ट÷रासस

मेलम्ची नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर
सिन्धुपाल्चोक, १४ असोज (रासस) ः पछिल्लो समयमा युवाहरू व्यावसायिक कृषिमा जोडिइरहेका छन् । जिल्लामा पनि व्यावसायिक खेती गर्ने र पशुपालनमा जोडिने बढिरहेका छन् । यसका कारण मेलम्ची नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ ।

विगतमा उत्पादित दूधलाइ स्थानीय बजारका चिया पसलहरूमा बिक्री गर्दै आएका किसान अब भने सहकारीमार्फत सञ्चालित केन्द्रमा दूध बिक्री गर्ने गरेका छन् । दुग्ध उत्पादनका लागि व्यावसायिक पशुपालनमा अहिले युवाको आकर्षण बढिरहेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यावसायिक दुग्ध उत्पादनमा लागेका छन् । अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै गाँउमा भैँसीपालनमा गर्दा आम्दानी हने दुवाचौरका साने थिङ बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ , “परिवार पालेर महिनामा ७० हजारसम्म आम्दानी हुने गरेको छु । ”

त्यस्तै मेलम्चीका अर्का किसान जीवन चालिसे दैनिक ८० लिटर दुध बिक्री गरी आम्दानी गरिरहेको र आफू सन्तुष्ट रहेको बताउनुहुन्छ । पछिल्लो समय पशु तथा कृषि क्षेत्रमा सरकारी अनुदान बढ्नुले पनि व्यक्तिगत रुपमा गाईवस्तु पाल्ने र दूध उत्पादन गर्ने किसानहरु बढ्दै गएका छन् । गाईभैँसीको व्यावसायिक पालनका लागि सरकारले प्रत्येक किसानका लागि अनुदान दिने गरेको छ ।

सरकारको प्रोत्साहनपछि यो क्षेत्रमा पशुपालन गर्नेहरू बढेका छन्, किसानहरुले एउटै फार्ममा कम्तीमा १० देखि ८० वटा सम्म उन्नत नस्लका गाईभैँसी पालेका छन् । डेढ वर्षदेखि व्यावसायिक रुपमा आम्दानी गरिरहेको र केहीलाई रोजगार पनि दिएको केउरानिका अर्का किसान बच्चुराम गिरीले बताउनुभयो । मेलम्ची नगरपालिका क्षेत्रबाट मात्रै दुग्ध चिस्यान केन्द्रमा मात्रै दैनिक सात हजार लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । सङ्कलन भएको दूध काठमाडाँै निर्यात हँुदै आएको छ । दूध बिक्रीबाट मात्रै यस क्षेत्रका किसानले वार्षिक ३० करोडसम्मको आम्दानी लिने गरेको दुग्ध व्यवसायी शरण चालिसे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “पशुपालन पेसा व्यावसायिक बन्दै गएको छ । ”

मेलम्ची क्षेत्रमा व्यावसायिक रुपमा पशुपालन गर्ने बढिरहेका छन् । उत्पादित दूधको उचित मूल्य निर्धारण हुनुपर्ने तथा प्राविधिक तालिमको व्यवस्था गर्नुपर्नेमा किसानको जोड रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖