ताप्लेजुङको फक्ताङलुङमा निगालोको चोयाबाट डोको बुन्दै एक युवक

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ फेम्बू गाउँमा निगालोको चोयाबाट डोको बुन्दै एक युवक । डोको घाँस दाउरा तथा दैनिक काम काजका लागि प्रयोग हुने गर्दछ । तस्बिरः दिलकुमार लिम्बू/रासस

असहायको सहारा बनेको पोखरा वृद्धाश्रम
–हरिप्रसाद बास्तोला/गण्डकी, २२ असोज (रासस)ः समाजका असहाय, विपन्न तथा अपहेलित ज्येष्ठ नागरिकका लागि पोखरा वृद्धाश्रम बूढेसकालको सहारा बनेको छ । जीवनको उत्तरार्धमा पुगेकाहरुको लागि उक्त आश्रम सहारा बनेको हो।

विसं २०५३ मा स्थापन भई विभिन्न आरोह अवरोह पार गर्दै आएको गण्डकी प्रदेशको नमूनाको रुपमा रहेको उक्त वृद्धाश्रममा हाल ४६ आमाबुबालाई स्याहासुसार गर्ने दश सेवक सेवीकासहित ५६ जना रहेको आश्रमका अध्यक्ष कुशुम केशव पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुनै विशेष स्थान होस् वा अस्पतालमा उपचारका लागि आएका बेवारिसे अवस्थामा रहेका आमाबुबालाई प्रहरीको माध्यमबाट आश्रममा ल्याउनका साथै कतिपय आफैँले जन्माएका सन्तानले पनि आश्रम ल्याउने गरेका छन् ।

“आफन्त कोही पनि नभई बृद्धाअवस्थामा अरुको घरमा गोठालो बसेर रगत पसिना बगाएका, विदेशबाट फर्किएका र घरमा अपहेलित समाजका ज्येष्ठ नागरिकको सेवामा आश्रम समर्पित छ”, उहाँले भन्नुभयो, “आश्रम अहिलेसम्म सहयोगी दाताको सहयोगबाटै सञ्चालन हुँदै आएको छ ।”

पछिल्लो समय सबै पुस्ताका व्यक्तिले जन्मदिन मनाउन, पित्रृ उद्धार, विवाह महोत्सवजस्ता सुख दुःखका विभिन्न संस्कारमा आश्रममा आश्रित आमाबुबाको आशिर्वाद लिने प्रचलन बढेका कारण पनि आश्रम सञ्चालनमा सहयोग पुगेको उहाँको भनाइ थियो । आश्रममा उमेरले डाँडो काटेका आमाबुबालाई पालनपोषणभन्दा पनि औषधोपचारमा बढी खर्च हुने गरेको उल्लेख गर्दै अध्यक्ष पराजुलीले भन्नुभयो, “यस्ता मानवीय सेवामा समर्पित आश्रमको राज्यका तीनै तहका सरकार जिम्मेवारी हुनु अपरिहार्य छ ।”

आश्रमका कोषाध्यक्ष रुद्रप्रसाद कोइरालाका अनुसार कुडहरस्थित इलाका वन कार्यालयले निर्माण गरेर बेवारिसे अवस्थामा रहेको एकतल्ले पक्की भवनबाट सुरु गरिएको आश्रम परिसरमा हाल सुविधा सम्पन्न सात वटा भवन छन् । आश्रमले साढे बाह्र रोपनी जमिन ओगटेको छ । वृद्धाश्रमको निरन्तरताका लागि आश्रमले अक्षयकोष समेत स्थापना गरेको बताउँदै उहाँले भन्नुभयो, “कोषमा विभिन्न सङ्घ संस्था तथा व्यक्तिबाट रु ५८ लाखभन्दा बढी सङ्कलन भएको छ र रु पाँच करोड पु¥याउने आश्रमको लक्ष्य रहेको छ । उक्त रकमको ब्याजबाट आश्रम सञ्चालनमा सहयोग पुग्ने विश्वासका साथ अक्षयकोष स्थापना गरिएको हो ।

वृद्धाश्रममा निःशुल्कका साथै सशुल्क सेवा दिने व्यवस्था गरिएको छ । जसमा प्रति सुविधायुक्त कोठाको रु १० लाख एकमुस्ट लिएर खान र उपचारलगायत सुविधाको व्यवस्था गरिएको छ भने हाल छोरा विदेशमा रहेका र आफन्त कोही पनि नभएका एक जना बुबालाई छोराको अनुरोधमा मासिक रु १५ हजार लिने गरी सुविधा प्रदान गरिएको कोषाध्यक्ष कोइरालाले राससलाई बताउनुभयो ।

जन्मोत्सवमा वृद्धाश्रमलाई सहयोग

तारे होटलमा रमाउने एवं केक काट्नेजस्ता फजुल खर्च नभई मानवीय सेवा गरेर जन्मोत्सव मनाउन पर्दछ भन्ने यहाँको एउटा परिवारले सन्देश दिएको छ । पोखरा–१७ घारीपाटन निवासी रुकुमबहादुर जिसीकी श्रीमती देउकुमारी जिसी, बुहारी सोनी पौडेल र छोरी विनिता जिसीको असोज महिनामा परेको जन्मदिनका अवसरमा उक्त वृद्धाश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेर सबैका लागि उदाहरणीय बन्नुभयो ।

आश्रममा आयोजित एक कार्यक्रममा उक्त परिवारले चामल, दाल, तेल, नुन, आलु प्याजलगायत रु ४० हजार बराबरका खाद्यान्न सामग्री पोखरा वृद्धाश्रमका कोषाध्यक्ष रुद्रप्रसाद कोइरालालाई हस्तान्तरण गरेको थियो ।

सोही अवसरमा उक्त परिवारका सदस्यले आश्रममा आश्रित ४६ आमाबुबा र दश सेवकसेविकालाई स्याउ, केरा र फ्रुटीसमेत वितरण गर्नुभएको थियो । आफ्ना आमाबुबालाई घरमा सेवा दिन नसकेर वृद्धाश्रममा राख्न खोज्ने हाम्रो समाजमा विभिन्न स्थान र संस्कारबाट आएका ४६ बुबाआमालाई सेवा गर्नु चुनौतीपूर्ण भएको सेविका रेश्मी तिमिल्सिनाले बताउनुभयो । कान राम्रो नसुन्ने र आँखा नदेख्ने आमाबुबा धेरै हुनुहुन्छ एकापसमा पनि मिल्नुको सट्टा झगडासमेत गर्नुहुन्छ र औषधि खुवाउनसमेत अप्ठेरो पर्दछ तै पनि सेवा गर्न पाउँदा खुसी लाग्नाका साथै आत्मसन्तुष्टि मिलेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।