ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा राखिएको च्याब्रुङ स्तम्भ

च्याब्रुङ स्तम्भ
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा राखिएको च्याब्रुङ स्तम्भ । शुभ कार्यमा लिम्बू समुदायले च्याबु्रङ बजारएर नाच्ने गर्दछ । तस्बिरः दिलकुमार लिम्बू/रासस

खोटाङमा २८ जनाको उम्मेदवारी
खोटाङ, २४ असोज (रासस): आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा २८ जनाको उम्मेदवारी दर्ता भएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि नौ तथा प्रदेशसभा (क)मा नौ र प्रदेशसभा (ख)मा छ जनाको उम्मेदवारी दर्ता भएको हो ।

सत्ता गठबन्धनमा आवद्ध तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच खोटाङमा चुनावी तालमेल भएको छ । प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका रामकुमार राई तथा प्रदेशसभा (क)मा एकीकृत समाजवादीका वीरबलकाजी राई र प्रदेशसभा (ख)मा कांग्रेसका भूपेन्द्रकुमार राईले चुनावी गठबन्धनबाट संयुक्तरूपमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उम्मेदवारी दर्ता गराउन सत्ता गठबन्धनमा आवद्ध तीन राजनीतिक दलका साझा उम्मेदवार कार्यकर्ता तथा सांस्कृतिक झाँकीसहितको ¥याली लिएर आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । स्थानीय तहको निर्वाचनमासमेत चुनावी तालमेल गरेका तीन राजनीतिक दलका उम्मेदवार उत्साहित देखिएका थिए ।

यसैबीच तीन दलीय गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेसले नै बागी उम्मेदवारी दिएका छन् । गठबन्धनको टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै कांग्रेसका पूर्वराज्यमन्त्री सर्वधन राईले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा (क)मा सुवासकुमार पोखरेल र धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्यका लागि विशाल भट्टराई तथा प्रदेशसभा (क)मा प्रदेश सदस्य पाँचकर्ण राई र प्रदेशसभा (ख)मा रामप्रसाद दङ्गालले उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गराउन एमालेका उम्मेदवार कार्यकर्ता तथा सांस्कृतिक झाँकीसहितको ¥याली लिएर मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुग्नुभएको थियो ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट प्रतिनिधिसभाका लागि डा कृष्णकुमार राई तथा प्रदेशसभा (क)का लागि केन्द्रीय राकेश राई र प्रदेशसभा (ख)का लागि प्रदेश समिति सदस्य प्रेमकुमार राईले उम्मेदवारी दर्ता गराउनुभएको छ । केन्द्रमा एमालेसँग तालमेल गरेको जसपाले जिल्लामा एक्लै उम्मेदवारी दिएको हो ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा सदस्यका लागि मात्र उम्मेदवारी दिएको छ । राप्रपाले सर्जु श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो । प्रदेशसभा (क) र प्रदेशसभा (ख)का लागि उम्मेदवारको नामावली पठाइए पनि अन्तिममा प्रतिनिधिसभामा मात्र मनोनयन दर्ता गराइएको राप्रपाले जनाएको छ ।

नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि भोजराज बस्नेत तथा प्रदेशसभा (क)मा केशव राई र प्रदेशसभा (ख)मा ध्यानप्रसाद ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ । मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि दीपक मगर तथा प्रदेशसभा (क)मा प्रयाग राई र प्रदेशसभा (ख)मा विमला राईले उम्मेदवारी दिनुभएको छ ।

आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्यका लागि चन्द्रमणि राईले उम्मेदवारी दर्ता गराउनुभएको छ भने खम्बुवान राष्ट्रिय मोर्चाबाट सुवास राईले प्रदेशसभा (ख)मा उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत सुवासबाबु पुरीले जानकारी दिनुभयो । यस्तै प्रतिनिधिसभा सदस्यका लागि जयन्द्रकुमार राई र सर्वधन राई तथा प्रदेशसभा (ख)का लागि कुमारप्रसाद भट्टराईले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराउनुभएको जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।