विक्रीका लागि तयार फूल

भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ७ गुन्डुकी कृषक महिला बजारमा सयपत्री फूल विक्रीका लागि पठाउन तयारी गर्दै । तस्बिर: चन्द्रकला क्षेत्री,रासस

धानबाली भित्र्याउन भ्याइनभ्याइ
कैलाली, १ कात्तिक (रासस)ः झण्डै एकसाता अघि लगातार वर्षा भएर केही दिनदेखि आकाश खुलेकाले कैलाली र कञ्चनपुरका किसानलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । अविरल वर्षा भएपछि अघिल्लो वर्ष झै पूरै धानबाली क्षति हुन लागेकामा किसान चिन्तामा थिए तर चार÷पाँच दिनको अविरल वर्षापछि आकाश खुलेपछि किसान हिजोआज बिहानैदेखि झिसमिसे अँध्यारोसम्म पनि खेतमै भेटिन्छन् । अहिले धान काट्न, थुपार्न र थ्रेसर गर्नमै व्यस्त देखिएका उनीहरु आकाश खुलेर धान काट्न पाएकामा खुसी छन् ।

परिवारका सानादेखि ठूला सबै सदस्य कोही धान काटिरहेका हुन्छन् त कोही काटेको धान थुपारिरहेका हुन्छन् । धनगढी उपमहानगरपालिका– २ की किसान मनसरा साउदले खेतमा धान पाकेर झर्ने अवस्थामा पुगेकाले आफू बिहानदेखि खेतमा व्यस्त हुने गरेको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हिजोआज घरको सबै काम छोडेर पनि खेतमै बढी समय बिताउने गरेको छु । र बिहान पनि सबेरै खेतमा जान्छौँ र झिसमिसे अँध्यारोसम्म खेतमै हुन्छौँ ।”

बडादसैँको भोलिपल्टदेखि सुरु भएको लगातारको बेमौसमी वर्षाले लगानी र मेहनत डुब्ने चिन्ताले यस क्षेत्रका अधिकांश किसानका मनमा खिन्नता भएको थियो तर वर्षा रोकिसँगै आकाश खुलेपछि किसानले बाली भित्र्याउन पाइने भएकामा खुसी व्यक्त गरेका हुन् । खेतमा धान काट्दै गरेका धनगढीको पुरानो भन्सार कटान गाउँका किसान ललित विष्टले मौसम सफा भएपछि रातिको १२ बजेसम्म पनि धान भित्र्याउनका लागि थ्रिसेर मेसिनको पालो कुर्नु परेको बताउनुहुन्छ ।

गतवर्ष वर्षाले पूरै धानबाली नोक्सान गरेपछि यसपाली छिटोछिटो बाली भित्र्याउन किसान हतारिएका छन् । कतिपय किसान त अघिल्लो वर्ष वर्षाको पानीले धानबाली नोक्सान गरेपछि त्यस किसिमको जोखिमबाट समयमै सचेत रही बाली छिटो भित्र्याउनका लागि ज्यालादारीमा थप कामदार लगाई धान भित्र्याउन लागिपरेका छन् ।

हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसानसमेत यति बेला वर्षापछिको मौसम खुलेपछि आधुनिक उपकरण प्रयोग गरी धान भित्र्याउने गरेको पाइन्छ । किसान पहिले एकअर्कासँग पालोपैँचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्दथ्ये भने हिजोआज ती परम्परागत प्रविधि विस्थापित हुन थालेका छन् ।

किसानका खेतमा यसवर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा–४लगायत धानका उन्नत जात बढी मात्रामा देखिन्छन् । गतवर्ष वर्षाले खेत डुबानमा परेपछि किसानले हप्तौँ दिनसम्म पनि धान उठाउन सकेका थिएनन् । खेत पानीले तलाउमा परिणत भएका थिए । काटेर चुट्न थुपारिएका धान खेतको पानीमै तैरिनाका साथै खेतमै धान उम्रिएर जमरा झै भएको थियो । कुहिएर धान पूर्णरुपमा क्षति भएको थियो । घरपालुवा पशुचौपायाको आहाराको लागि प्रयोग गरिने परालसमेत खेतमै कुहिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।