भेरीखोला र तिला नदीको पर्यटकीय सङ्गम त्रिवेणी

जुम्लाको तिला गाउँपालिका–४, कुडारीमा जोडिने भेरी खोला र तिला नदीको पर्यटकीय सङ्गम त्रिवेणी । तस्बिरः शुरबहादुर सिंह/रासस

व्यवस्था जोगाउन गठबन्धन कायम
मकवानपुर, १ कात्तिक (रासस) ःसत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ मा उम्मेदवारी दिनुभएकी नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउन लोकतान्त्रिक बाम गठबन्धन कायम राखिएको बताउनुभएको छ ।

आज बिहान हेटौँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “जसले यो संविधान अपनत्व गर्दै हस्ताक्षर गरेको छैन, त्यस्ता शक्तिले लोकतन्त्र बचाउँछ भन्नु भ्रम हो ।” उपाध्यायले आफू पहिलो पटक पूर्वी मकवानपुरको भूगोलमा उम्मेदवार भए पनि पूर्वी मकवानपुरको विकासमा उल्लेख्य बजेट पहिलादेखि नै व्यवस्था गर्दै आएको बताउनुभयो ।

त्यस्तै नेपाली कांग्रेसका बागमती प्रदेश सभापति एवं सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नं– २ ‘ख’ मा उम्मेदवारी दिनुभएका इन्द्रबहादुर बानियाँले संविधान र व्यवस्थाको रक्षाका लागि सत्ता गठबन्धनले जित्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले मकवानपुरको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो ।

मकवानपुरमा सत्तारुढ गठबन्धन, नेकपा एमाले तथा अन्य राजनीतिक दलका उम्मेदवारले विभिन्न कार्यक्रम आयोजना गरी चुनाव लक्षित गतिविधिलाई तीव्रता दिएका छन् । स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएकाले पनि चुनावी प्रचारप्रसारको कार्य सुरु गरिसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।