छथर जोरपाटी गाउँपालिकामा गर्भवतीलाई सुत्केरी खर्च भत्ता

धनकुटा, १६ मङ्सिर । आमा र शिशुको स्वास्थ्य सुरक्षाका लागि छथर जोरपाटी गाउँपालिकाले उपाध्यक्षसँग गर्भवती पोषण तथा शिशु स्याहार कार्यक्रम सुरुआत गरेको छ ।

यसअघि सञ्चालित उपाध्यक्षसँग सुत्केरी स्याहार कार्यक्रमलाई परिमार्जन गरेर पुनः यो कार्यक्रम ल्याइएको हो । सुत्केरीलाई पोषणयुक्त खानेकुरा दिइँदै आइएकामा यस पटकदेखि नगद नै दिइने भएको हो ।

गर्भवतीले आठ पटक स्वास्थ्य संस्थामा गर्भ जाँच गराएपछि पहिलो किस्ता तीन हजार र दोस्रो किस्ता छ हजार गरी जम्मा नौ हजार पाउनेछन् । पालिकामा स्थायी बसोबास रहेका दोस्रो सन्तानसम्मका लागि यो सेवा दिइने पालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो ।

कार्यक्रमका लागि पालिकाले यस आवमा २२ लाख बजेट विनियोजन गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम समावेश गरी कार्यक्रमको सुरु गरेको पालिकाकी प्रमुख गीता गुरुङ (खेवा) ले जानकारी दिनुभयो ।

यस रकमले आर्थिक अवस्था कमजोर भएका महिलालाई आफ्नो र शिशुको स्वास्थ्य सुधार गर्न महत्वपूर्ण सहयोग पुग्ने पालिकाकाले जनाएको छ । कार्यविधि तयार गरेर गत साउनदेखि कार्यक्रम कार्यान्वयन गरिएको अध्यक्ष सुब्बाले जानकारी दिनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖