लिम्बू सङ्ग्रहालय

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका—६, मामांखे गाउँमा रहेको लिम्बू सङ्ग्रहालय । लिम्बू समुदायको जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग हुने दुई सय भन्दाबढी सामग्री उक्त सङ्ग्रहालयमा राखिएको छ । तस्बिर ःदिलकुमार लिम्बू÷रासस

‘तीन शिक्षकले कक्षा छसम्म कसरी पढाउने’
बझाङ, २८ मङ्सिर (रासस) ःविद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए । नजिकै पिपल चौतारा र मन्दिर । अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत विद्यालयको आंशिक परिचय दिइरहेको थियो ।

लहरै बालकक्षादेखि ५ कक्षामा पढ्ने बालबालिका आफ्नै धुनमा किताब पल्टाइरहेका थिए । शिक्षकले कक्षालाई समय दिएर कसैलाई लेख्न त कसैलाई पढ्न लगाएका थिए ।

त्यतिकैमा एउटा अनुगमन टोली आइपुग्यो र बाहिर चौरमै बसेर अनौपचारिक रूपमा शिक्षकसँग जानकारी लियो । यता विद्यार्थीलाई भने विद्यालयमा नयाँ मान्छे आएकोमा कुनै चासो थिएन । जब टोली भान्छाकोठा हुँदै कक्षा कोठातिर गयो, त्यसपछि पनि विद्यार्थी त्यही गतिमा थिए । टोलीले विद्यार्थी अनुशासित हुन् या अल्छी हुन् भन्दै कानाखुसी गर्न थाले । कक्षा कोठाबाट फर्केपछि टोलीको निष्कर्ष रह्यो विद्यार्थी अनुशासित छन् ।

कक्षा कोठाको अनुगमनपछि शिक्षक शिक्षिकासँगका छलफलमा प्रधानाध्यापक मायादेवी मल्लले सिद्धीगणेशको बाहिरी वातावरण जति सुन्दर भए पनि भित्र त्यस्तो नभएको बताउनुभयो । “बाहिर हेर्दा त यहाँहरूले पनि धेरै नै मन पराउनुभयो । तर, भित्री रूपमा विद्यालय सोचेभन्दा धेरै नै फरक छ ।” उहाँले भन्नुभयो ।

प्रअ मल्लले गाउँपालिकामा पटक–पटक विद्यालयमा शिक्षकका लागि माग गर्दा पनि गाउँपालिकाले बेवास्ता गरेको आरोप लगाउनुभयो । अनुगमनमा आएको गाउँपालिकाको टिमकै अगाडि उहाँले भन्नुभयो, “उहाँ सरहरूलाई थाहा छ, हामीले शिक्षक चाहियो भनेको दुई÷तीन वर्ष नै भइहाल्यो । हामी तीन जना शिक्षकले छ कक्षासम्म कसरी पढाउने ?”

प्रअ मल्लका अनुसार कार्यतालिकामै एउटै कक्षामा ४÷५ कक्षासम्म राखिएका छन् । “तर, तीन जना कता शिक्षकले कता पो हेर्नु ? एक जना शिक्षक पालिकाले पठाइदिनुभयो भने राति निन्द्रा लाग्ने थियो ।” उहाँले दुखेसो पोख्नुभयो ।“आज त प्रत्यक्ष आफ्नै विद्यालयमा भन्ने मौका पाएँ,” उहाँले भन्नुभयो,“यसभन्दा अगाडि पालिकाका सबै प्रतिनिधिलाई शिक्षकको याचना गरेँ, हुन्छ धेरैले भन्नुभयो, तर अहिलेसम्म शिक्षक पाएनौँ । हामीले नै शिक्षक थप्न आन्तरिक स्रोतको अभाव छ । अहिले भएका शिक्षकमध्ये पनि एक जना मात्रै बिदामा बस्नुभयो भने यहाँ बेहाल हुन्छ ।”

उहाँले शिक्षककै अभावले पढाइको गुणस्तर पनि खस्किएको बताउनुभयो । उहाँले भन्नुभयो,“विद्यालयको वातावरणका लागि त धेरैले सहयोग गर्नुभएको छ । सङ्घ संस्था नभइदिएको भए यस्तो वातावरण पनि हुने थिएन । कसैले खानेपानी, कसैले खाद्यान्न, कसैले तरकारी त कसैले भवन पनि सहयोग गर्नुभएको छ । त्यसैले वातावरण राम्रो देखिएको हो । तर, यो सबैभन्दा पनि विद्यार्थीको पढाइ हेरिन्छ, त्यसमा हामीले निकै चुक्नु परेको छ ।”

उहाँका अनुसार यसै शैक्षिक सत्रमा मात्रै २५ जना बालबालिका निजी विद्यालयमा पढ्न गए ।“उहाँहरूलाई हामीले रोक्न सकेनौँ,” उहाँले भन्नुभयो, “पढाइ बिग्रिएको भन्दै अभिभावक यो विद्यालय छुटाउनुभयो । शिक्षककै कमीले यस्तो अवस्था आएको हो । हामी एउटै शिक्षक थपिए पनि त्यो अवस्था आउन दिने थिएनौँ ।”

विद्यालयमा समस्या थुप्रै भए पनि शिक्षक अति आवश्यक भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज भारतीले बताउनुभयो ।“म अध्यक्ष भएको दुई वर्ष भयो,” उहाँले भने,“दुई वर्षको अवधिमा शिक्षकका लागि दजनौँ पटक पालिकालाई याचना गरेँ, उहाँले सुन्नुभयो तर, कार्यान्वयन गर्नुभएन । यसपटक पालिकाको टोली विद्यालयमै पुगेको छ । अब त बिर्सनु हुनेछैन भन्ने सोचेको छु ।”

अध्यक्ष भारतीका अनुसार विद्यालयमाभित्र नदेखिने समस्या धेरै छ । अहिले डिजिटल युगमा कम्प्युटर त के विद्यालयमा एउटा फोटोकपी गर्ने मेसिनसमेत छैन ।“केही फोटोकपी गर्नुपरे बागथला दौडनुपर्छ” अध्यक्ष भारतीले भन्नुभयो, “हामीलाई फोटोकपी, शैक्षिक सामग्री, विद्यालयको घेरबारभन्दा पनि शिक्षक बढी आवश्यक छ ।”

अहिले सिद्धिगणेश आधारभूत विद्यालयमा एक सय ५० जनाभन्दा बढी विद्यार्थी छन् । बालकक्षादेखि ५ कक्षासम्म अध्ययन हुने विद्यालयमा अभिभावकले पनि खासै चासो राखेका छैनन् ।“अभिभावक खासै आउनुहुन्न । अन्तिममा नतिजा हेर्नुहुन्छ । नतिजा ठीक नभए, पढाइ भएन भन्दै बालिबालिका अर्कै विद्यालयमा पठाउनुहुन्छ ।” भारतीले भन्नुभयो ।

उहाँका अनुसार एक जना शिक्षक थपिए पनि धेरै राम्रो नतिजा त आउँदैन तर, विद्यार्थीलाई ओगट्न सकिन्छ । “एक शिक्षक थप्ने वित्तिकै धेरै राम्रो हुने भन्ने त हुँदैन तर पनि विद्यार्थीको रेखदेख, कक्षा समाल्न निकै राहत हुन्थ्यो ।”

यता गाउँपालिकाका उपाध्यक्ष मनिषा धामी, प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्याय, शिक्षा संयोजक केशवराज भट्ट, स्वास्थ्य संयोजक कैलाश बलायरलगायतको टोलीले भने अब पुस महिनाभित्रै सिद्धिगणेशमा शिक्षक राख्ने बताउनुहुन्छ ।“योभन्दा अगाडि विभिन्न कारणले शिक्षक पठाउन सकिएन । अब भने दोस्रो हप्ता नै शिक्षक उपलब्ध गराउँछौँ, प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भन्नुभयो, “हामी सबै यस्तै विद्यालयबाट पढेर आएका हौँ । पर्याप्त शिक्षक नभएर केही हुँदैन । पालिकामा पनि हामी नयाँ आएको हुँदा ढिलाई भएको हो । अब दोस्रो महिना नै सिद्धिगणेशमा शिक्षक पु¥याउँछौँ ।”

विद्यालयमा नयाँ शिक्षक आएपछि शिक्षाको गुणस्तर पनि सुधार हुने उपाध्यक्ष धामीले बताउनुभयो ।“हामी सबै शिक्षक पेसा सम्हालेर आएका हौँ,” शिक्षकलाई विद्यार्थी सम्हाल्न कति हम्मेहम्मे हुन्छ भन्ने कुरा बुझेका छौँ । पर्याप्त शिक्षक नभएर केही हुँदैन । त्यसैले यसपटक पालिकाले तत्कालै एक जना शिक्षक उपलब्ध गराउने र अर्को वर्षसम्म पुग्ने गरी शिक्षकको व्यवस्था गर्नेछौँ ।” उहाँले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।