खोटाङको रावाबेँसीमा कोदो टिप्दै किसान

खोटाङको रावाबेँसी गाँउपालिका–१ कुभिण्डेस्थित दाहालगाउँ नजिकैको बारीमा कोदो टिप्दै किसान । जिल्लामा कोदोको उचित मूल्य नपाउँदा कृषकले पछिल्लो समय कोदोखेती कम गर्न थालेका छन् । तस्बिर ः केदार मगर÷रासस
अनुदान– सापटी सुविधा सम्बन्धी कार्यविधि पारित
चौतारा, २८ मङ्सिर (रासस) ःसिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले बेरोजगार युवाहरुलाई रोजगारी प्रदान गर्न अनुदान– सापटी सुविधासम्बन्धी कार्यविधि २०७९ पारित गरेको छ ।
नागरिवासीमा प्रारम्भिक उद्ममशीलता विकास गराउन सहयोग पु¥याउने उद्देश्यले उक्त कार्यविधि पारित गरिएको विधान समितिको संयोजक एवं ११ नम्बर वडाध्यक्ष रोशन गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार रोजगारी चाहने युवाले नगरपालिकाबाट पशुपक्षी, माछापालनसहितका कृषियन्त्र उपकरण आदिका लागि सापटी अनुदानबापत रु ५० हजारदेखि दुई लाखसम्म प्राप्त गर्नेछन् ।
नगरपालिकाले प्रारम्भिक उद्यमी बन्न सापटीको रुपमा दिनेछ भने उद्यमशील बनेपछि अनुदानको रुपमा रुपान्तरण गरिने नगरपालिकाले जनाएको छ ।
उहाँका अनुसार व्यवासयमा रुचिभएका अत्यन्त विपन्न नागरिकलाई उक्त अवसर दिएर प्रारम्भिक उद्यमशीलता विकास गर्न तथा व्यावसायिक ज्ञान दक्षता वुद्धि गर्ने हेतुले व्यवसाय सिर्जना सुरुवात, सुधार, विस्तार र विकासमा सहयोग पु¥याउन नगरले तालिमसमेत प्रदान गर्नेछ । कार्यविधिमा उल्लेख गरे अनुसार सापटी अनुदान पाउने व्यक्तिको परिवारको लगत विवरण वार्षिक रुपमा तयार गरी त्यसपछिका दुई वर्षसम्मको छनोट प्रक्रिया पनि पहिलो वर्षमा गर्न सकिनेछ ।
त्यस्तै सापटी प्रदान गरिएका पशुपक्षीको बीमा गरे ५० प्रतिशत सम्मको साझेदारी गर्न सकिने उल्लेख छ । कार्यविधिमा उल्लेख गरिए अनुसार सापटी रकम ५० हजार भन्दा बढी भएमा निवेदनसाथ जग्गाधनी प्रमाण पुर्जा, व्यक्ति भए एकाघर परिवारका तीन जना व्यक्तिको मञ्जुरी नामा वा दुई परिवारको ग्यारेन्टी, समूह भए समूहको ग्यारेन्टी आवश्यकपर्ने छ ।
प्रारम्भिक उद्यमशीलताको पहिलो चरणमा सरकारी जागिरे वा पेन्सन प्राप्त व्यक्तिलाई छनोट नगरिने नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले बताउनुभयो । उहाँका अनुसार प्रत्येक तीन वर्षमा एक सापटी चरणको चक्र पूरा भई चौँथो वर्षबाट पुन चक्र सुरु हुने जनाइएको छ ।
उद्यमीले कृषि उत्पादन देखि पशुपालन तथा अन्य व्यवसाय गर्नका लागि उक्त रकम प्राप्त गर्नेछन् । जस अनुसार लैनो भैँसी खरिदका लागि रु ५० हजारदेखि एक लाखसम्म प्राप्त गर्नेछन् । उद्यमीले बाख्रा, बङ्गुर, पक्षीपालन लोक्कल कुखुरा, हाँस बट्टाई, लेयर्स कुखुरा, कालीज, कटकनाथ, माछापालन, दुग्ध सङ्कलन व्यवसाय डेरी उद्योग, कोल्डस्टोर तथा कृषि उपज बजारीकरण लगायतमा सहयोग प्राप्त गर्नेछन् ।


