वृहत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

धनकुटा । स्थानियको स्वास्थ्य सेवालाई सहज बनाउने लक्षका साथ धनकुटा १ हिलेमा वृहत नि:शूल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

धनकुटा नगरपालिका वडा नं १ हिले, लाईन्स क्लब अफ बिराटनगर, युनिक लाईन्स क्लब अफ बिराटनगर, ग्रीन सिटीको संयुक्त आयोजनामा यही पौष ४ र ५ गते शिविर सञ्चालन गरिने वडा कार्यलय हिलेले जनाएको छ ।

स्वास्थ्य शिविरमा मुटु रोग ,वाल रोग ,छाला तथा यौन रोग ,आँखा, फोक्सो ,स्त्री रोग ,हाडजोर्नी तथा नशा ,नाक कान घाटी,दन्त र मधुमेह लगायतको उपचार तथा परामर्श सेवा प्रदान गरिने छ । नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गर्न लागिएको हो ।

शिविरमा यहाँका ३ सय देखि ४ सय स्थानियवासीलाई सेवा दिने लक्ष राखिएको छ ।

म्याग्दीका गाउँमा खेल मैदान
गलेश्वर, २ पुस (रासस) :
खेल क्षेत्रको प्रवद्र्धन गर्न यहाँका स्थानीय तहहरुले गाउँपिच्छे खेल मैदान बनाउने अभियान थालेका छन् । गाउँगाउँमा खेल मैदान निर्माण हुन थालेपछि खेलाडी उत्साहित छन् ।

जिल्लाको बेनी नगरपालिका सहित धौलागिरि, अन्नपूर्ण, मालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाले वडावडामा खेल मैदान निर्माण गरिरहेका छन् । कतिपय वडामा स्थानीय युवा क्लब र विदेशमा रहेका गाउँका युवाको सहयोगमा खेल मैदान निर्माण भएका छन् । प्रदेश सरकार र स्थानीय तहको लगानीमा पनि म्याग्दीमा खेल मैदान निर्माण भएका छन् । फराकिला मैदानमा गाउँमा महिनैपिच्छे खेल प्रतियोगिता आयोजना हुन थालेपछि खेलाडीको प्रतिभा प्रष्फुटित हुनुका साथै उनीहरुको खेलप्रतिको रुचि बढेको रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनप्रसाद शेरपुञ्जाले बताउनुभयो ।

त्यसैगरी बेनी बजारमा निर्माणाधीन म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ निर्माण दुई वर्षपछि सञ्चालन भएको छ । बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो बनेको थियो । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले अधुरो खेलमैदानको प्यारापिट विस्तार, पर्खाल निर्माण र फिलिङ गर्ने काम सञ्चालन भएको जानकारी दिनुभयो ।

“बेनी नगरपालिकाले विनियोजन गरेको रु ५० लाख बजेट ठेक्का र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट आएको रु आठ लाख बजेटको काम उपभोक्ता समितिमार्फत कार्यान्वयन थालिएको छ”, उहाँले भन्नुभयो, “अधुरो खेलमैदानलाई पूर्णता दिने प्रयासमा छौँ । ठेक्का प्रतिस्पर्धामा हुँदा घटेको रु १४ लाख बजेटबाट पनि थप काम गर्न पहल गरेका छौँ ।”

त्यसैगरी बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँट, भकुण्डे, सानालेख, फापरखेत र गौश्वारामा पनि खेल मैदान निर्माण भएका बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । “हाम्रो वडामा खेल मैदानको कमी छैन, स्थानीय युवाको पहल, विद्यालयमा आउने बजेट, वडाको बजेट र वैदेशिक रोजगारीमा गएका युवाको आर्थिक सहयोगमा वडामा पाँच वटा खेल मैदान निर्माण भएका छन्”, वडाध्यक्ष कार्कीले भन्नुभयो ।

त्यसैगरी पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोटस्थित कैलाशफाँटमा म्याग्दी नदी किनारको बगर सम्माएर पालिकास्तरीय खेलमैदान बनाइएको छ । म्याग्दी नदी किनारको बगरमा तटबन्ध सम्माएर खेलमैदान निर्माण गरिएको हो । खेलमैदानको लम्बाइ एक सय २० मिटर र चौडाइ ७१ मिटर छ । यस खेल मैदानलाई स्तरोन्नति गरी गाउँपालिकास्तरको खेलमैदान बनाउने तयारी भइरहेको उपभोक्ता समितिका अध्यक्ष श्यामसुन्दर कँडेलले बताउनुभयो ।

प्यारापिट, घेराबार निर्माण र बीचमा रहेको विद्युत्को पोल विस्थापित गरेपछि खेलमैदान सञ्चालनमा ल्याउन सकिने कँडेलले बताउनुभयो । उहाँका अनुसार खेलमैदान निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले एक स्थानीय तह, एक खेलमैदान कार्यक्रममार्फत रु १५ लाख विनियोजन गरेको थियो ।

मन्त्रालयले उपलब्ध गराएको अनुदानबाट बगर सम्माउनुका साथै म्याग्दी नदीको किनारमा १२० मिटर लामो ग्याबियन पर्खाल निर्माण गरिएको कँडेलले बताउनुभयो । यसैगरी जिल्लाका छवटै स्थानीय तहका वडामा खेल मैदान निर्माणले गति लिन थालेपछि खेलाडीमा उत्साहा थपिएको छ । म्याग्दीका फुटबल खेलाडी टेकबहादुर हुमेनले खेल मैदान निर्माण हुन थालेपछि आफूहरुमा उत्साह थपिएको बताउनुभयो ।

गाउँ नै पिच्छे खेल मैदान निर्माण गर्ने नीतिले शारीरिक तन्दरुस्ती राख्न युवालाई फाइदा पुग्ने बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । “किशोर, किशोरी तथा युवालाई गाउँमै बिहान बेलुका फुटबल, भलिबल, क्रिकेटजस्ता खेल गाउँमै खेल्न सकून् भनेर यो मैदान बनाएका हौँ”, श्रेष्ठले भन्नुभयो, “यसले गाउँमै खेलाडीलाई खेल अभ्यास गराउन मद्दत पुग्ने अपेक्षा गरेका छौँ ।”—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।