धनकुटाको साँघुरीगडी–६ नाम्जेडाँडामा अवस्थित मगर समुदायद्वारा निर्मित आत्मा बस्ने घर

विश्वको १२औँ गन्तव्य स्थानमध्ये आठौँ स्थानमा सुचीकृत रहेको धनकुटाकाको साँघुरीगडी–६ नाम्जेडाँडामा अवस्थित मगर समुदायद्वारा निर्मित आत्मा बस्ने घर । तस्बिर ः विवेक मिश्र/रासस

एक भारी घाँसकै लागि आधा दिन
कावासोती, २ पुस (रासस) :पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ की गमीसरा घर्ती उमेरले ४९ वर्ष पुग्नुभयो । काम गर्नसक्ने उमेरदेखि घरमा पलिएका गाई भैँसीलाई घाँस काट्न सुरु गर्नुभएकी उहाँलाई पछिल्ला केही वर्ष भने घाँसपात गरेर गाई भैँसीपालन गाह्रो हुँदै गएको छ । गमीसरालाई जस्तै लालमाया दलार्मीलाई पनि घाँसपात गरेर गाईभैँसी पाल्न निकै गाह्रो हुन लागेको छ ।

नजिकैको सामुदायिक वनले घाँस पात काट्नसमेत प्रतिबन्ध लगाएपछि कावासोती–१ हात्तीखोरका सुकुम्बासी बस्तीका महिलालाई दुई चार पैसा जोहोे गर्न पालेका वस्तु भाउलाई कसरी पाल्ने हो भन्ने चिन्ताले सताएको छ । बिहान नौ बजे नै हतार हतार खाना खाएर घाँसपात काट्न हिँड्नेहरुलाई घाँसको भारी बोकेर फर्कन पाँच÷छ घण्टा लाग्ने कावासोती–१ की लालमाया दलार्मीले बताउनुभयो ।

“घर नजिकैको वनमा घाँसपात काटे जरिवाना तिर्नपर्छ, गाई बाख्रा पाल्नै प¥यो, घाँसकै लागी आधा दिन बिताउनुपर्छ”, उहाँले भन्नुभयो । सुकुम्बासी बस्ती भएकाले यस ठाउँका अधिकांश परिवारसँग खेतीपाती गर्ने जमिनसमेत छैन । यो बस्तीको आम्दानीको स्रोत भनेकै गाई, बाख्रा, कुखुरा, बङ्गुरलगायतका घरपालुवा जनावर हुन् । गाई र बाख्राका लागि घर नजिकै चरनसमेत नभएकाले घाँसकै लागि आधा दिन खर्चिनुपरेको गमीसरा घर्तीले बताउनुभयो । “घर नजिकै वस्तु चराउने ठाउँ छैन, वनले घाँस काट्न दिँदैन, घाँस रोप्ने जग्गासमेत छैन, गाई बाख्राकै लागि भए पनि घाँस काट्न दिनभर जसो लाग्छ”, उहाँले भन्नुभयो ।

यो ठाँउमा घाँसपात गर्न जाने भने अधिकांश ४० वर्षमाथिका रहेका हुन्छन् । नयाँ पुस्ताले घर गोठको काममा मन नलगाउँदा बाध्य भएर आफूहरुनै घाँसपातमा हिँड्नुपरेको सोही स्थानकी टीका मगरले बताउनुभयो । “छोरी बुहारीले जाँगर गर्दैनन्, गाईबस्तु भोको राख्न भएन ५० वर्ष भइसके घाँस काट्ने दुःखले कहिलै छोडेन”, उहाँले गुनासो गर्नभयो, “छोराहरु कमाउन जान्छन्, छोरी बुहारी घाँसपात काट्न गोठमा काम गर्न जाँगर गर्दैनन् ।”

वन मासिने क्रम बढेपछि घाँसपातमा समेत प्रतिबन्ध लगाउनुपरेको बस्ती नजिकै रहेको महाराजा सामुदायिक वनका अध्यक्ष तेजेन्द्रकुमार सुनार बताउनुहुन्छ । अलि पहिलेपहिले घाँसपात काट्न दिइएको भए पनि घाँस काट्ने क्रममा सालको हाँगाबिगा र साना बोटहरुै काट्ने क्रम बढेकाले घाँसपातमा रोक लगाउन परेको अध्यक्ष सुनारले बताउनुभयो । “सालको पात र सामान्य घाँस काट्न दिँदा वननै मासिने डर भयो, दाउराका लागि समय मिलाएर वन खुला गर्र्ने गरे पनि घाँसपात रोकेका छौँ”, उहाँले भन्नुभयो ।-

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖