ताप्लेजुङको फुङ्लिङमा व्यावसायिक रुपमा कालिजपालन

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९, सुकेटार विमानस्थल नजिकै एक फार्ममा पालिएका कालिज । तस्बिरः दिलकुमार लिम्बू÷रासस

स्वतन्त्र प्रेस सधैँ प्राथमिकतामा : मुख्यमन्त्री पोखरेल
गण्डकी, ४ पुस (रासस) :गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र प्रेस सधैँ सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको तेस्रो साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाँले लोकतन्त्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य भएको बताउनुभयो । सरकार सधैँ स्वतन्त्र प्रेसका पक्षमा रहेको बताउँदै उहाँले बन्ने कानुन पनि प्रेसमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

गण्डकीमा सञ्चार विधेयक ल्याउनका लागि तयारी भए पनि यस कार्यकालमा सम्भव हुन नसकेको बताउँदै उहाँले उक्त विधेयकलाई प्रेसमैत्री बनाउने कुरामा आफू निरन्तर लागिरहेको जानकारी दिनुभयो ।

विकाससँग पत्रकारलाई जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पछिल्ला समयमा यो सोच विस्तार हुँदै गएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले महासङ्घ निरन्तररुपमा स्वतन्त्र प्रेसका पक्षमा सङ्घर्ष गरिरहेको बताउनुभयो ।

महासङ्घका आगामी दिनमा हुने साधारणसभामा परम्परागत शैलीलाई परिमार्जन गर्दै यस क्षेत्रको सुधारका पक्षमा छलफल तथा अन्तक्र्रिया हुने किसिमले अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्मा, महासचिव गोविन्द सुवेदी, स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ऋषिकान्त पौडेल, फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीस, प्रेस सेन्टर नेपाल गण्डकीका उपाध्यक्ष घनश्याम पाण्डे, समाजवादी प्रेस सङ्गठन गण्डकीका अध्यष गणेश पौडेल, प्रेस चौतारी नेपालका श्याम कुँवर, प्रेस युनियन कास्कीका अध्यक्ष विमला भण्डारी लगायतले कोभिडलगायतका कारण पत्रकार एवं पत्रकारिता क्षेत्र प्रभावित बनेको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖