थारु वेषभूषामा सजिएका छात्राहरु

मोरङको वुढीगङ्गा गाउँपालिका–६ सुकचर तिलाठेमा आयोजित नारायण मा.वि.को स्वर्ण महोत्सवमा पराम्परागत थारु वेषभूषामा सजिएका छात्राहरु । तस्बिर ः मनोज दाहाल ÷रासस

व्यावसायिक खेती प्रवद्र्धन गर्न किसान कार्ड
सुर्खेत, ५ पुस (रासस):
निर्वाहमुखी तरकारी खेती गर्दै आएका वीरेन्द्रनगर–१० रहलपुरका कृषक व्यावसायिक तरकारी उत्पादन गर्न लागिपरेका छन् । भारतबाट तरकारी आयात नियन्त्रण गर्दै स्थानीय उत्पादनलाई बढवा दिने उद्देश्यले व्यावसायिक तरकारी खेती गर्न अग्रसर भएका हुन् । निर्वाहमुखी तरकारी खेती गर्दै आएका कृषकलाई व्यावसायिक बनाउन युएसएड नेपालको सहयोगमा सञ्चालित सिसा परियोजनाले किसान कार्ड (क्रेडिट) कार्ड र कार्डबाट किसानले रु ५० हजार बराबरको तरकारीको बीउ र अन्य कृषि सामग्री किनमेल गर्न पाएपछि कृषक व्यावसायिक तरकारी खेतीमा आकर्षण बढ्दै गएको हो ।

वीरेन्द्रनगर–१० रहलपुरकी राधा चौधरीले १० कठ्ठा जमिनमा तरकारी खेती लगाएको बताउनुभयो । उहाँले तरकारी खेतीबाट राम्रो आम्दानी भएपछि रोजगारीका लागि समेत बाह्य जानुपर्ने समस्या समधान भएको जानकारी दिनुभयो । “तरकारी खेती गर्ने सीप र आवश्यक पर्ने बीउबिजन किन्नका लागि क्रेडिट कार्ड पाएसँगै आफ्नो पाँच जनाको परिवार तरकारी खेती गरेको”, उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, “परिवारका पाँच जना सदस्य नै बिहान सबेरैदेखि साँझ अबेरसम्म कृषि व्यवसायमै व्यस्त हुन्छौँ, आलु, काउली, टमाटर, धनिया, साग, मुलालगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छौँ र दैनिक ५० किलो तरकारी बेच्ने गरेका छौँ ।” कार्ड पाएपछि आवश्यक बीउबिजन, विषादी, कृषि उपकारणलगायत सामग्री किन्न सजिलो भएको चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा पैसा नभए पनि समस्या छैन, क्रेडिट कार्ड पाएपछि कृषि व्यवसायमा ठूलो राहत मिलेको छ ।”

उहाँजस्तै वीरेन्द्रनगर–९ की शान्ति चौधरीले पनि सात कट्ठामा तरकारी खेती सुरु गर्नुभएको छ । उहाँले दैनिक ५० किलोसम्म तरकारी बिक्री गरी मासिक रु एक लाखसम्म आम्दानी गर्ने गर्नुभएको छ । उहाँले घरमा तरकारी लगाए पनि निर्वाहमुखी थियो, त्यति तरकारीले घरमा खान पुग्दैन थियो । तरकारी किन्न हामी आफँै बजार आउँथ्यौँ, अहिले आफैँ व्यावसायिक तरकारी खेती गरेर मनग्य आम्दानीसँगै परिवारका लागि खाने तरकारी प्रशस्त फलाउने गरेका छौँ”, उहाँले थप्नुभयो, “पाँच जनाको परिवारको खर्च सजिलै टरेको छ, महिनामा कम्तीमा रु एक लाखसम्म बचत गरिरहेका छौँ ।” उहाँको तरकारी बारीमा अहिले काउली, आलु, लसुन, धनिया, साग, मुला, टमाटरलगायत तरकारी उत्पादन भइरहेको छ ।

सिसा परियोजनाले मेगा बैंकसँग सहकार्य गरी चिप्ससहितको क्रेडिट कार्ड बनाएको हो । सुर्खेतमा पहिलो चरणमा ५० जनाले कार्ड पाएका छन् । जिल्लाभरि दुई सय जनालाई यो वर्ष परिचयपत्र वितरण गरिने सिसा परियोजनाका अधिकृत अष्ट प्रजापतिले बताउनुभयो । उहाँले परियोजनामार्फत किसानलाई खाताबुकसमेत दिएको र किसानले हरेक दिन बेच्ने तरकारी नाम, बिक्री भएको परिणाम, खर्च र जम्मा भएको रकम खातामा टिपेर राख्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले कति आम्दानी र खर्च भयो भन्नेबारे दैनिक लेखाजोखा गरेका छन् ।” क्रेडिट कार्डसहितको परिचयपत्रले रहरपुर, गुस्रा र प्रसेनीका किसान अहिले कृषि पेसामा मोहित भएको परियोजना अधिकृत प्रजापतिले बताउनुभयो । उहाँले व्यावसायिक कृषिमा अग्रसर भएका महिलाहरूको प्रगति देखेर नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनलगायतको टोली खुसी भएको बताउनुभयो ।

रोजगारीसँगै मासिक रु एक लाखसम्म आम्दानी गर्न थालेपछि त्यस वरिपरिका किसानसमेत व्यावसायिक तरकारी खेतीतर्फ आकर्षण बढेको स्थानीयवासीले बताउुनभयो । तरकारी खेती चलन नै थिएन, पछिल्लो समय बजारमा तरकारीको मूल्य राम्रो पाउने भएपछि किसान सबै तरकारी खेतीमा लागेको छन् एक स्थानीयवासी बताउँछन् । चुलो चौकामा सीमित हुने महिलाले आफैँ सक्षम भएर व्यावसायिक तरकारी खेती गरेको देख्दा सबै खुसी भएका छन् । महिला आर्थिकरूपले सक्षम बन्दै गएपछि छिमेकमा समेत घरेलु हिंसाका घटनामा पनि कमी आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖