उजाड बन्दै गाउँका घर

सुख, सुविधाका लागि मानिसहरु गाउँ छोडेर सहर केन्द्रीत हुन थाले । गाउँ छोड्ने बढेसँगै गाउँका घरजग्गा बाँझिन थालेका छन् । दैलेख गुराँस गाउँपालिका–५ मा रहेको घर जहाँ घरमा घाँस उम्रेको छ भने जग्गा बाँझै छ । तस्बिर ः टेकराज केसी/रासस

पर्यटकीय गन्तव्यमा फितलो व्यवस्थापन
– शेरबहादुर सिंह/महेन्द्रनगर, ६ पुस (रासस): भीमदत्त नगपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले दैनिकजसो अवलोकनका लागि आउने पयृटकका लागि महाकाली नदीमा अवस्थित दोधारा चादँनी झोलुङ्गे पुल क्षेत्र वरपर सार्वजनिक शौचालय नभएको दुःखेसो पोख्नुभयो । विसं २०६० को दशकमा दोधारा चादँनी नगरपालिकालाई पहिलोपटक मूलधारसित जोडेको एसियाकै लामो करिब डेढ किलोमिटर लम्बाइको झोलुङ्गे पुल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बने पनि पुल क्षेत्र वरपर भने कुनै खालको सुविधा नभएको यहाँ आउने पर्यटकको गुनासो छ ।

“पुल हेर्न आउने पर्यटकलाई एउटा सार्वजनिक शौचालय बनाइदिनुप¥यो भनेर भीमदत्त नगरपालिकासित गुहार गरेको धेरैपटक भयो”, वडाध्यक्ष बोहराले भन्नुभयो, “तर अहिलेसम्म शौचालय बनाउने सुरसार छैन ।” झोलुङ्गे पुल टुटफुट हुँदा मर्मत गर्नेबाहेक पर्यटक लोभ्याउने अन्य संरचना निर्माणमा सरोकारवालाको ध्यान छैन ।

हिउँदका समयमा हरेक वर्ष मुलुकभरबाट शैक्षिक भ्रमणका लागि हजारौँ विद्यार्थी अवलोकनका लागि यहाँ आउने गरेका छन् । पुल छेउछाउमा स्तरीय होटल नहुँदा आउने पर्यटकले एक छाक खाना पाउने स्थिति नरहेको कैलालीको लम्कीका गणेश बजगाईँले बताउनुभयो । “यति सुन्दर झोलुङ्गे पुल छ तर अरु व्यवस्था केही पनि रहेनछ ।” पुलमा भेटिएका उहाँले भन्नुभयो, “पर्यटकीय गन्तव्य भएर के गर्नु ? संरक्षण र थप सुन्दर बनाउने त ध्यान नै नहुँदोरहेछ ।”

महेन्द्रनगर बजारबाट करिब १० किलोमिटर दूरीमा रहेको झोलुङ्गे पुल अर्को पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा पर्छ । झोलुङ्गे पुलसँगै निकुञ्जको पिपरियामा हात्तीसारमा समेत पर्यटक अवलोकनका लागि आउने जाने गर्छन् तर त्यहाँ पुग्ने सडक कालोपत्र हुनसकेको छैन । भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष बोहराले झोलुङ्गे पुलमा भीमदत्त नगरपालिकाले सौर्यबत्ती जडान गरिएको बताउनुभयो ।

“पुललाई झिलिमिली बनाउन सके पर्यटकको यहाँ आइरो नै लाग्थ्यो”, उहाँले भन्नुभयो, “रातिको बत्ती व्यवस्थापनका लागि सोच्दैछौँ ।” वडाध्यक्ष बोहराले अहिले दैनिक तीन सयदेखि पाँच सय पर्यटक यहाँ आउने गरेको जानकारी दिनुभयो ।

त्यसैगरी विश्वमै दुर्लभ बाह्रसिङ्गाको ठूलो झुण्ड देख्न पाइने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षहरूमा पर्यटक आवागमन बढे पनि सडक पूर्वाधारका कारण वर्षात्मा जान सकिन्न । निकुञ्ज कार्यालयले आन्तरिक सुधारका कामलाई गति दिए पनि निकुञ्ज वरपर होटल व्यवसाय पुग्न सकेको अवस्था छैन ।

यहाँ असोजदेखि जेठसम्म पर्यटक धेरैजसो घुम्न आउँछन् । पछिल्लो गणनामा यहाँ पाटेबाघको सङ्ख्या वृद्धि भएर ३६ वटा पुगेको छ । यहाँ शुक्लाफाँटाको प्रचार–प्रसारका लागि भीमदत्त नगरपालिकाले हरेक वर्ष पर्यटन महोत्सव आयोजना गरिरहेको भए पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा शुक्लाको प्रचार–प्रसारमा कमी छ ।

शुक्लाफाँटाभित्रको मुलुककै ठुलो घाँसेमैदान पुग्ने सडक भने अहिले स्तरोन्नति गर्दै लगेको निकुञ्ज कार्यालयले जनाएको छ । भीमदत्त नगरपालिकाले आफ्नो चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा यहाँका पर्यटकीयस्थललाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

नीतिमा यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसित जोडिएको भीमदत्त नगरपालिका–१९ बागफाटा र भीमदत्त नगरपालिका–१३ झोलुङ्गे पुलको क्षेत्रमा पर्यटक आकर्षित गर्न सम्भाव्यता अध्ययन गरी निजी तथा सहकारी क्षेत्रको सहकार्यमा पर्यटकीय पूर्वाधार विकास गरिने बताइएको छ । यहाँका धार्मिक तथा पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिन पश्चिमीनाका गड्डाचौकीमा रहेको नेपाल पर्यटन बोर्डको शाखा कार्यालय बन्द अवस्थामा छ ।

“दुई वर्षयता उक्त कार्यालय सञ्चालनमा छैन”, शाखाका पूर्वकर्मचारी थानेश्वर लेखकले भन्नुभयो, “मलाई बोर्डले कोरोनाका कारण देखाउँदै हटायो ।” यसअघि भीमदत्त नगरपालिकाले पर्यटन बोर्डको क्षेत्रीय कार्यालय कञ्चनपुरमा स्थापनाको सम्झौता गरिए पनि पछिल्लो समय उक्त कार्यालय भने धनगढीमा स्थापना गरिएको उहाँको भनाइ छ ।

यहाँ झिलमिला ताल, बेदकोट ताल, लिगा क्षेत्रलगायतका दर्जनौँ पर्यटकीयस्थल रहे पनि तिनको व्यवस्थापन र प्रचार–प्रसार हुनसकेमात्रै पर्यटन व्यवसाय पनि फस्टाउने यहाँस्थित राना थारू होमस्टेका सचिव चेतराम रानाले बताउनुभयो ।

उहाँले यहाँ धार्मिक तथा पर्यटकीय क्षेत्र धेरै भए पनि प्रचार–प्रसार र व्यवस्थापनको कमजोरी रहेको बताउनुभयो । “वनभोजस्थल बनाउनेदेखि पर्यटकीय ठाउँसम्म पुग्ने सडकसमेत बनेको स्थिति छैन”, उहाँले भन्नुभयो, “सबैतिर सुविधासहितको पर्यटकीयस्थल बने पो पर्यटक घरबासमा आएर बस्छन् ।” शुक्लाफाँटामा वर्षात्का बेला पर्यटक जान प्रतिबन्ध हुँदा पनि यहाँ पर्यटक आवागमनमा कमी आएको उहाँको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।