छथरजोरपाटी गाउँपालिकामा भोलिबाट अन्तरपालिका स्तरीय कर्मचारी फुटबल प्रतियोगिता हुने

धनकुटा, ८ पुष । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा भोलीबाट अन्तरपालिका कर्मचारी स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ ।

छथरजोरपाटी गाउँपालिकाको आयोजनामा हुन लागेको प्रतियोगितामा धनकु्टाका छ स्थानियतहका एक एक टिम र आयोजक पालिकाका दुई टोली बिच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५५ हजार ५ सय ५५ मेलड र प्रमाणपत्र प्राप्त गर्ने छ ।

त्यस्तै दोस्रो स्थान हाँसिल गर्ने टोलीले नगद ३३ हजार ३ सय ३३ मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने सर्वाधिक गोलकर्ताले कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । खेल नकआउट प्रतिस्पर्धाका आधारमा हुने छ भने खेलको फाइनल खेल पुष १० गते हुने र छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाको प्रमुख आतिथ्यतामा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

खेल छथरजोरपाटी गाउँपालिकाको वडा न ६ मा रहेको खेल मैदानमा हुनेछ ।

यो पनि…
ब्रिष्टन कलेजको रोजगार मेलामा मकै र कोदाको रोटी
दोधारा चाँदनी, ८ पुस (रासस) :कञ्चनपुरको महेन्द्रनगरमा ब्रिष्टन कलेजले आयोजना गरेको तीन दिने रोजगार मेलामा सुदूरपश्चिमको परिकार मकै र कोदाको रोटी आकर्षणको रुपमा रहेको छ ।

बुधबारदेखि सुरु भएको मेलामा ब्रिष्टन कलेजमा अध्ययनरत विद्यार्थीले स्थानीय खानाका परिकारलाई प्रवद्र्धन गर्नका लागि पश्चिमेली चुलो सञ्चालनमा ल्याएका हुन् । कलेजमा दोस्रो सेमेष्टरमा अध्ययनरत पाँच विद्यार्थीको समूहले पश्चिमेली चुलो सञ्चालन गरेका छन् । पश्चिमेली चुलो सञ्चालन गरिरहेका विद्यार्थी प्रतीक्षा बोहराले आफूहरु स्थानीय खानाको परिकारको प्रवद्र्धनमा जुटेको बताउनुभयो ।

“हामीहरुको मुख्य उद्देश्य भनेको हाम्रो स्थानीय खानाका परिकारलाई प्रोत्साहन र प्रवद्र्धन गर्नु हो ।” उहाँले भन्नुभयोे, “हामीले आफ्नो संस्कृतिको प्रवद्र्धन गर्नका लागि मेलामा पश्चिमेली चुलो सञ्चालनमा ल्याएका हौँ ।” बोहराले स्थानीय खानाका परिकार सेलरोटी, बटुक, मकैको रोटी र कोदाको रोटी बनाएर बिक्रि गरिरहेको बताउनुभयो ।

“यहाँ अवलोकन गर्न आउनेले हाम्रा परिकारलाई धेरै मन पराउनुभएको छ ।” उहाँले भन्नुभयो, “पढाइ सँगसँगै व्यवहारिक ज्ञानको क्षमता विकासका लागि मेला महत्वपूर्ण छ ।”

कलेजले अध्यनरत विद्यार्थीलाई आफू कसरी स्वरोजगार बन्ने र कसरी व्यवसाय सञ्चालन गर्ने त्यसका लागि शिक्षा र सीप विकासका लागि तीन दिने रोजगार मेला आयोजना गरेको हो । यसका लागि कलेजले उत्कृष्ट व्यापारिक योजना भएका विद्यार्थीका १० समूहलाई बिना धितो, बिना ब्याज व्यवसाय सञ्चालन गर्न केही रकम ऋणसमेत प्रदान गरेको ब्रिष्टन कलेजका प्रमुख निशा भट्टले बताउनुभयो ।

“हामीले कक्षा कोठामा सैद्धान्तिक ज्ञान त दिन्छौँ नै, त्यो ज्ञानलाई व्यवहारमा प्रयोग गर्न रोजगार मेला आयोजना गरेका हाँे ।” उहाँले भन्नुभयो, “मेलाबाट विद्यार्थीलाई व्यावसायिक क्षेत्रमा अवसर खोज्न र आफ्नो क्षमता परीक्षण गर्न सघाउ पुग्ने छ ।” उहाँले विद्यार्थीले पाँच÷पाँच जनाको समूह बनाएर व्यवसाय सञ्चालन गरेको बताउनुभयो ।

मेलामा विद्यार्थीले समूह बनाएर विभिन्न प्रकारका १८ कक्ष राखेका छन् । जसमा स्थानीय उत्पादनलाई प्रोत्साहन गरिएको छ । ती कक्षमा सुदूरपश्चिममा घरमै निर्माण गरेका सामग्री, खानाका परिकार राखिएका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले कलेजले आयोजना गरेको रोजगार मेला विद्यार्थीको व्यवहारिक सीप विकासका लागि महत्वपूर्ण भएको बताउनुभयो । “मेलाबाट विद्यार्थीमा सीप विकास हुने र स्वरोजगार बन्न सहयोग पुग्छ ।” उहाँले भन्नुभयो, “देशमा बेरोजगारी बढिरहेको अवस्थामा विद्यार्थीले उत्तिर्ण भएर गइसकेपछि केही न केही व्यवसायमा लाग्न यसले प्रेरित गर्छ ।” तीन दिनसम्म चल्ने मेलामा यहाँका व्यवसायीसँग विद्यार्थीले साक्षातरकार गर्ने कलेजले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।