कोरोना भाइरसको संक्रमण जोखिम बाट बच्न छथरजोपाटी गाउँपालिकाको आग्रह

धनकुटा,१७ पुष । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण पछिल्लो समय छिमेकी देश भारत र चीनमा समेत बढ्दै गएको र नेपालमा समेत यसको जोखिम रहेको भन्दै स्वास्थ्य मन्त्रालय र गृहमन्त्रालयले समेत स्वाथ्य सतर्कता अपनाउन अनुरोध गरि रहेको अवस्थामा धनकुटाको छथरजोपाटी गाउँपालिकाले समेत गाउँपालिकाका भित्रका नागरिकलाई स्वास्थ्य सतर्कत अपनाउन अनुरोध गरेको छ ।

गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले छिमेकी राष्ट्र चीनमा ओमिक्रोनको सब भेरिएन्ट बीएफ सेबेन संक्रमण बढेको विभिन्न रिपोटहरुले देखाएको र नेपालमा समेत यसको उच्च जोखिम हुन सक्ने सरुवा रोग विशेषज्ञहरुले बताई रहेको अवस्थामा गाउँपालिका भित्रका नागरिकहरुलाई जनस्वास्थ्यका मापदण्ड अपनाउन, माक्स सहि तरिकाले लगाउँन, सरसफाईमा बिशेष ध्यान दिन स्वास्थ्यमा केहि समस्या देखिए स्वास्थ्य संस्थामा गई चेक जाँच गराउँन आग्रह गर्नु भएको छ ।

साथै उहाँले कोरोना विरुद्धको खोप नलगाएकाहरुलाई समेत खोप लगाउन आग्रह गर्नु भएको छ ।

यो पनि…
अझै स्थानीय तहले गरेनन् जग्गाको वर्गीकरण
त्रिशूली, १७ पुस (रासस):तोकिएको समयसीमाभित्र नुवाकोटमा रहेका बाह्रवटै स्थानीय तहले जग्गा वर्गीकरण गर्न सकेका छैनन् । जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको छ भने कुनै एक कित्ता पूरैबाहेक बाँकी काम पूर्णरूपमा बन्द छ ।

स्थानीय तहले ‘स्थानीय भू–उपयोग परिषद्’ गठन गरेर उक्त परिषद्बाट गत मङ्सिर २२ भित्र आफ्नो क्षेत्रभित्रको जग्गाको सकेसम्म तोकिएको समूहमा पर्ने विभिन्न दश समूहमा वर्गीकरण गर्न त्यो सम्भव नभएमा कृषि र गैह्रकृषि दुई समूहमा वर्गीकरण गर्न दिएको समयमा जिल्लाका स्थानीय तहले अटेर गरेको हो ।

जिल्ला मालपोत कार्यालय नुवाकोटका प्रमुख होमनाथ सेढाईँका अनुसार गत जेठ २३ गते राजपत्रमा भू–उपयोग नियमावली–२०७९ जारीपश्चात छ महिनाभित्र (२०७९ मङ्सिर २२सम्म) जग्गाको वर्गीकरण गर्न दिएको समयमा जिल्लाको कुनै पनि स्थानीय भू–उपयोग परिषद्बाट जग्गा वर्गीकरण गरिएको जानकारी आएको छैन । स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा जग्गाको कित्ताकाट जेठ अन्तिम सातादेखि बन्द छ । सोही कारण कारोबारदेखि अंशवण्डा, दानबकसपत्रलगायतको कामसमेत रोकिएको छ ।

जग्गा वर्गीकरण नहुदाँ बैंक तथा वित्तीय संस्थाले धितो राख्नसमेत आनाकानी गर्दा जग्गाधनीको दैनिकजसो गुनासो आइरहेको मलपोत प्रमुख सेढाईँ बताउनुहुन्छ । मुलकको बढ्दो जनसङ्ख्या, अव्यवस्थित बसाइँसराइ बढ्दो सहरीकरणलगायत व्यवस्थापनका लागि जग्गाको वर्गीकरणलाई महत्वका रूपमा लिनुपर्नेमा याहाँको स्थानीय तहले चासो कम दिएसँगै जग्गासँग सम्बन्धित स्वामित्व हस्तान्तरण प्रभावित भएको हो ।

“भूउपयोग नियमावली, २०७९ जारी भएपछि हामीले स्थानीय तहलाई तत्कालका लागि कृषि र गैह्रकृषि दुई वर्गमा विभाजन गरेर अवरुद्ध काम सुरु गरौँ भनेर अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो, “तोकिएको अवधि छ महिनामा कुनै पनि पालिकाले निर्णण नसक्दा जग्गाको कित्ताकाट रोकिँदा सर्वसाधारणलाई मर्का परेको छ ।”

जिल्लामा रहेका बाह्र पालिकामध्ये केहीले छ महिना समय गुजारेपछि ‘अर्को व्यवस्था नभएसम्म सडक पहुँच भएको स्थान गैह्र कृषि र बाँकी कृषि क्षेत्र कायम गर्न’ मालपोत कार्यालयलाई पत्र पठाएका छन् । त्यसरी पठाइएको पत्र स्थानीय भू–उपयोग परिषद्बाट निर्णय भएर आएको भएमा स्वीकार गर्न सकिने थियो । पालिकाको प्रमुख तथा प्रशासकीय अधिकृतबाट आएको अनुरोध मान्य नहुने मालपोत प्रमुख सेढाईँले बताउनुभयो ।

राजस्वमा गिरावट

भूमि व्यवस्था, सहकारी गरिबी निवारण मन्त्रालयले २०७९ जेठ २३ गते राजपत्रमा भू–उपयोग नियमावली, २०७९ जारी गर्दै जग्गा वर्गीकरणपश्चात मात्रै कित्ताकाट गर्न पाइने भन्ने कानुनी व्यवस्थाले मालपातमा कामको चाप निकै घटेको छ । हालसम्म जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएकाले सेवाग्राहीको चाप ७० प्रतिशत गिरावट आएको मालपोत प्रमुख होमनाथ सेढाईँको भनाइ छ । “सेवाग्राही घटेसँगै राजस्वमा पनि ठूलो परिमाणले घटिरहेको छ”, उहाँले भन्नुभयो, “गत आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनामा रु सात करोड राजस्व सङ्कलन भएकामा यो आवको सोही अवधिमा रु तीन करोड पुग–नपुग छ ।”

स्थानीय तहले समयमै जग्गाको वर्गीकरण नगर्दा गिरावट भएको राजस्वको असर स्वयं पालिकालाई पर्ने गर्दछ । मालपोतले सङ्कलन गर्ने राजस्वको ६० प्रतिशत स्थानीय सरकार र बाँकी ४० प्रतिशत प्रदेश सरकारमा जाने गर्दछ । स्थानीय सरकारको आन्म्दानीको मुख्य स्रोतका रूपमा रहेको मालपोको राजस्व गिरावटले स्वयं पालिकाले लिएको लक्ष्य निर्धारणलाई नै असर पर्ने देखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖