पाख्रिबास २ स्थित बालपञ्च माविको ६१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका वडा नं २ सान्नेमा रहेको श्री बालपञ्च माध्यमिक विद्यालयको ६१ औं वार्षिकउत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

वार्षिकउत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै पाख्रिबास नगरपालिकाको मेयर ,कार्यक्रमका प्रमुख अतिथि ज्ञान बहादुर गुरुङले विद्यालयको थप भौक्तिक संरचना निमार्ण र शैक्षिक गुणस्तर वृद्धि गर्नु पर्नेमा जोड दिनुभयो ।

विद्यालयको शैक्षिक सुधार गर्नका लागि शिक्षक ,बिद्यार्थी,अभिभावक बिचको सम्बन्ध मजबुद्ध हुनु पर्ने उहाँले बताउनु भयो । साथै उहाँले नगरको तर्फ बाट विद्यालयलाई आवाश्यक साथ सहयोग रहिरहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख सावित्रा राईले कार्यक्रममा बोल्नु हुदै विद्यालय वृद्धि विकास तथा शैक्षि उन्नयनको लागि आवाश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु हुदै विद्यालय परिवारलाई शुभकामना दिनुभएको थियो ।

सोहि अवसरमा विद्यालयको भौतिक तथा शैक्षिक उन्नयनमा अतुलनिय यनेगदान पु¥याउनुभएको भन्दै वडा नं २ का पुर्व वडा अध्यक्ष तोर्ण खपाङ्खीलाई दोसल्ला सम्मान पत्र र करुवा प्रदान गरेर सम्मान गरेका थिए । वार्षिकउत्सव कार्यक्रममा विद्यालयको प्रधानाध्यापक भरत प्रसाद अधिकारीले विद्यालयको आर्थिक गतिविधि तथा वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

यस्तै विद्यालयको अक्षयकोष दाता कृष्णकुमारी यदुनाथ कश्यपगोत्र अक्षयकोष संचालन व्यवस्थापन समितिका अध्यक्ष ठगेन्द्र प्रसाद अधिकारीले विद्यालयका कक्षा ५ मा अध्ययनरत १५जना विद्यार्थिलाई सुइटर वितरण गर्नुभएको थियो ।

अर्का अक्षयकोष दाता सुजता स्मृति अक्षयकोष बाट विद्यार्थि प्रतिक्षा तामाङलाई पुरस्कार वितरण गरेका थिए भने यस्तै सिहं बहादुर वरुवाल स्मृति अक्षयकोषलाई अक्षयकोष दाता यम बहादुर वरुवाल र विर बहादुर वरुवाल बाट थप रकम २० हजार विद्यालयका प्रधानाध्यापकलाई प्रदान गर्नु भएको थियो ।

त्यस्तै गरी कार्यक्रममा विद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्षहरुलाई सम्मानपत्र र करुवा प्रदान गरेर सम्मान गरेको थियो । यस्तै विद्यालयका उत्कृष्ट शिक्षक ज्योनि कला राई र मञ्जु गौत्तम लुइटेललाई सम्मान गरेको थियो ।

विद्यालय संचालक समिति अध्यक्ष सागार गान्छाकीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा शिक्षक चेतनाथ खनालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा शिक्षक अभिभावक , विद्यार्थि लगायत समाजसेवि बुद्धिजिवीहरुको उपस्थिति थियो ।

कार्यक्रममा विद्यार्थिहरुले विभिन्न सास्कृतिक कार्यक्रमका साथ खेल सञ्चालन गरेका थिए सहभागि विद्यार्थीलाई विभिन्न प्रोत्साहान पुरस्कार वितरण गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।