नयाँ ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्नु पर्ने : कांग्रेस नेता
धनकुटा । नेपाली कांग्रेसका नेताहरुले अब नयाँ ढंगबाट संगठन विस्तार तथा सुदृढीकरण गर्नु पर्नेमा जोड दिएका छन् ।
पार्टीका केन्द्रिय सम्पादन समिति सदस्य एवं पूर्व मन्त्री सुनिल वहादुर थापा र पूर्व राज्य मन्त्री दिपक खड्काले नयाँ ढंगबाट संगठन विस्तार र सुद्धृढीकरणमा जोड दिएका हुन् ।
नेपाली कांग्रेस धनकुटाको टोली सँग काठमाण्डौमा भएको भेटघाट तथा छलफलको क्रममा उनिहरुले त्यस्तो बताएका हुन् । सभापति दिनेश राई, सचिव विजय सन्तोषी राई, महालक्ष्मी नगरपालिकाका प्रमुख तथा नगर सभापति ध्रुबराज राय सँगको भेटमा समसायिक विषयमा समेत छलफल भएको टोलिले जनाएको छ ।
यो पनि…
जग्गाको कित्ताकाट खुल्यो
डुम्रे, २२ पुस (रासस):तनहुँको म्याग्दे गाउँपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सकाएसँगै जग्गाको कित्ताकाट खुेलको हो ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले मालपोत कार्यालय तनहुँका प्रमुख चिरञ्जीवी पौडेल, तनहुँ नापी अधिकृत कृष्णप्रसाद आचार्य, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई वर्गीकरण पुस्तक तथा पत्र हस्तान्तरण गर्नुभयो । जग्गाको कित्ताकाट खुला भएको पुस्तक हस्तान्तरण भएसँगै म्याग्दे गाउँपालिका तनहुँको जग्गाको कित्ताकाट खुलाउने पहिलो पालिका बनेको छ ।
विसं २०७९ साउनदेखि रोकिएको जग्गाको कित्ताकाट अब गाउँपालिकामा खुलेको मालपोत कार्यलयका प्रमुख पौडेलले बताउनुभयो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनका साथै भूउपयोग ऐन, २०७६ को दफा ४ तथा भूउपयोग नियमावली, २०७९ को नियम ५, अनुसूची १ मा भएको व्यवस्थाको आधारमा गाँउपालिकाले विभिन्न चरण पार गरी पालिकाभित्रको जग्गा वर्गीकरण गरेको थियो ।
जग्गा वर्गीकरणको पुस्तक स्थानीय भूउपयोग परिषद्बाट स्वीकृत गरी कार्यान्वयनका लागि नापी कार्यालय, मालपोत कार्यलय, सङ्घीय भूउपयोग परिषद् (भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबार, नापी विभाग मीनभवन काठमाडौँ, प्रदेश भूउपयोग परिषद् (भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमा पत्र पठाइएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।
जग्गाको वर्गीकरणसँगसँगै अब गैरकृषि क्षेत्रमा चार आना एक पैसा र कृषि क्षेत्रमा दुई रोपनी जग्गाको कित्ताकाट गर्न पाइनेछ । यो निर्णय कार्यान्वयन भएसँगै पालिकाभित्रका जग्गाको कित्ताकाट खुला हुँदा नागरिकलाई राहत हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।


