प्रदेश न १ जेष्ठ नागरिक महासंघको तेस्रो बार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम धनकुटामा सम्पन्न
धनकुटा,२३ पुष । प्रदेश न १ जेष्ठ नागरिक महासंघको तेस्रो बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम धनकुटामा सम्पन्न भएको छ । जेष्ठ नागरिक जिल्ला संघ धनकुटाको सहआयोजना र प्रदेश न १ प्रदेश जेष्ठ नागरीक महासंघ विराटनगरले धनकुटामा आयोजना गरिएको कार्यक्रम सम्पन्न भएको हो ।
साधारण सभाको उत्घाटन प्रदेश नम्बर १ प्रदेशसभा सदस्य इन्दिरा थापाले गर्नु भएको थियो । साधारण सभामा १ नम्बर प्रदेश जेष्ठ नागरिक महासंघका अध्यक्ष मणिकुमार अर्यालले प्रदेश जेष्ठ नागरिकक महासंघको आर्थिक बर्ष २०७८÷०७९ को प्रगति प्रतिवेदन र आर्थिक बर्ष २०७९÷०८० को भावी कार्यनिती प्रस्तुत गर्नु भएको थियो भने कोषध्यक्ष जया राईले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
साधारणसभामा बोल्दै जेष्ठ नागरिकहरुले जेष्ठ नागरिकहरुले कानुनीआधारमा पाउने अधिकारको समेत कार्यन्वय नभएकोले त्यस्ता अधिकारको कडाइका साथ कानुन कार्यन्वयन गराउँन सरकारले ध्यानदिनु पर्ने बताएका थिए साथै उनिहरुले ज्ञान सीप र अनुभव बाट परिपक्क जेष्ठ नागरिकहरु घर समाज र राज्य बाटनै अहिले पनि अपहेलित भइरकेको भन्दै त्यस्ता कार्य रोकिनु पर्ने र त्यसमा राज्यले विशेष ध्यान दिनु पर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा प्रदेश सभा सदस्य इन्दिरा थापाले जेष्ठ नागरिकहरुका समस्याको समाधान गर्नका लागि आफुले प्रदेश सभा कुरा उठाउने साथै आफूले स्वाथ्यका क्षेत्रमा लामो समय सम्म काम गरेको अनुभव रहेकोले जेष्ठ नागरिकहरुमा स्वाथ्य समस्या बढी हुने हुदाँ त्यस लाई सरकारले विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।
साधारण सभा कार्यक्रमा धनकुटाकी इश्वरी श्रेष्ठ र तेह्रथुमका जीवनकुमार ढुंगाना लाई सम्मान गरिएको थियो भने जेष्ठ नागरिकको क्षेत्रमा उत्कृष्ण कार्य गर्ने धनकुटा र खोटाङ्ग जिल्ला संघ लाई सम्मान समेत गरिएको थियो । साधारण सभामा विभिन्न जिल्लाका जेष्ठनागरिक जिल्ला संघका अध्यक्ष तथा प्रतिनिधी प्रदेश जेष्ठ नागरिक संघका सदस्य तथा प्रतिनिधी जेष्ठ नागरिक महासंघका केन्द्रिय सदस्य लगायतको उपस्थिती रहेको थियो कार्यक्रममा स्वागत मन्तव्य जेष्ठनागरिक जिल्ला संघ धनकुटा अध्यक्ष रामबहादुर श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको संचालन १ न प्रदेश जेष्ठ नागरिक महासंघका महासचिव यज्ञश्वर निरौलाले गर्नु भएको थियो ।




