छथरजोरपाटी गाउँपालिकाको दोस्रो गाउँसभा तथा १२ औं अधिवेशन सम्पन्न
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको आर्थिक बर्ष २०७९-०७९ को दोस्रो गाउँसभा तथा १२ औं अधिवेशन आज सम्पन्न भएको छ ।
दोस्रो गाउँसभा तथा १२ औं अधिवेशस खेलकुद विद्येक २०७९, पूर्वाधार विकास ऐन २०७५ प्रथम संशोधन विद्येक २०७९, खानेपानी तथा सरसफाई उपभोक्ता समिती गठन तथा संञ्चालन कार्यविधी २०७६ प्रथम संशोधन विद्येयक २०७९, आर्थिक सहायता प्रदान गर्ने सम्बन्धी सामान्य मापदण्ड विद्येयक २०७५ प्रथम संशोधन ऐन २०७९ , सामाजिक संथा दर्ता ऐन २०७५ प्रथम संशोधन विद्येयक २०७९ र विनियोजन ऐन २०७९ संशोधन विद्येयक २०७९ संशोधन सहित गाउँसभाले पारित गरेको छथरजोरपाटी गाउँपालिकाका सुचना अधिकारी नेत्रबहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
यो पनि…
प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त
विराटनगर, २४ पुस । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् ।
नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीको लागि दाबी पेश गरेका थिए । एमाले नेता कार्कीले ९३ सदस्यीय प्रदेशसभाका बहुमत सदस्य ६० जनाको समर्थनसहित आज दिउँसो ४:२० मा दावी पेश गरेका थिए ।
बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्कीलाई प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेशसभामा नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।
मुख्यमन्त्री कार्कीको सपथ ग्रहण सोमबार बजे हुने छ । मुख्यमन्त्रीमा नियुक्त कार्कीले सोमबार सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने छन् ।


