धनकुटाको छथरजोरपाटी गाउँपालिकामा न्यायिक समितीको कार्यालय सुभारम्भ
धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा न्यायीक समितीको कार्यलय सुभारम्भ गरिएको छ ।
स्थानिय तहले समाधान गर्ने सामान्य खालका मुद्धा मामिला, जग्गा जमीन अंशबण्डा, साँध सिमाना विवाद, कुलो पैँनी जस्ता मुद्धाको टुंगो लगाउनका लागि नयाँ भवनमा निर्माण गरिएको न्यायीक समितीको कार्यलय सुभारम्भ एक कार्यक्रमका बिच प्रमुख अतिथी छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले सुभारम्भ गर्नु भएको छ ।
सुभारम्भ कार्यक्रमको सभापतीत्व छथरजोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गिता गुरुङ्ग खेवाले गर्नु भएको थियो ।
सुभारम्भ कार्यक्रममा छथरजोपाटी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीतमान जिमी ६ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कार्यलयका कर्मचारी, पत्रकार र स्थानियको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले नयाँ भवनमा इजलाश बने संगै न्याय निरुपण गर्न सहज हुने बताउँनु भयो ।
सुभारम्भ कार्यक्रमको संचालन कार्यलयका उजुरी प्रशासक नेत्रबहादुर श्रेष्ठले गर्नु भएको थियो । तस्बिरहरु प्रमुख प्रशासकिय अधिकृत जितमान जिमीको फेसबुक बाट


