अपडेट : धनकुटामा बोलेरो दुर्घटना हुंदा ११ जना घाइते हुनेको नामावली सहित
धनकुटा, २५ पुष । संखुवासभा बाट धरान तर्फ जादै गरेको को १ ज २२७५ नम्बरको बोलेरो धनकुटाको महालक्ष्मी नगरपालिका ४ बेलटारमा दुर्घटना हुदाँ ११ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा संखुवासभा चैनपुर ६ बस्ने २६ बर्षिय ईन्दिरा रोक्का, संखुवासभा चैनपुर ७ बस्ने ६३ बर्षिय सरस्वती आर्चाय , संखुवासभा चैनपुर ७ बस्ने ५५ बर्षिय तेज बहादुर श्रेष्ठ , संखुवासभा चैनपुर ६ बस्ने ४२ बर्षिय बलिभद्र तामाङ , संखुवासभा चैनपुर ६ बस्ने ९ बर्षिय सिस्टम रोका, संखुवासभा चैनपुर ६ बस्ने ५ बर्षिय सोयस रोका, संखुवासभा चैनपुर ७ बस्ने १५ बर्षिय दिप्सा श्रेष्ठ, संखुवासभा चैनपुर ७ बस्ने २७ बर्षिय सविता श्रेष्ठ, संखुवासभा चैनपुर ७ बस्ने बर्ष ५ बर्षिय जेशिका श्रेष्ठ, संखुवासभा चैनपुर ६ बस्ने ३१ बर्षिय सविना थापा र संखुवासभा चैनपुर ७ बस्ने ४० बर्षिय दिल बहादुर अछामी रहेका छन् ।
बोलेरो चालकमोरङ जिल्ला बेलबारी नगरपाकिका २ बस्ने १९ बर्षिय प्रविण कोईराला लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।-तस्बीर स्रोत :मनोज अधिकारीको फेसबुक
यो पनि…
सबैभन्दा ठूलो वाणिज्य बैंक बन्यो ग्लोबल आइएमई
काठमाडौँ, २५ पुस (रासस) :ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरपछि आजबाट एकीकृत कारोबार सुरु भएसँगै यो सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । कूल पुँजी, निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक भएको हो ।
आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अधिकांश वित्तीय सूचकमा ग्लोबल आइएमई बैंक नेपालको पहिलो बैंक बनेको बताउनुभयो । मुलुकको वित्तीय क्षेत्रको कूल बजार हिस्साको करिब १० प्रतिशत ओगट्ने आकारमा यो बैंक पुगेको उहाँको दाबी छ ।
“यसअघि पनि हामी धेरै सूचकमा पहिलो नै थियौँ । तर, आजको मर्जरपछि हामी झनैमाथि उक्लिन सफल भएका छौँ । योसँगै हालसम्म पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक र छ वटा फाइनान्स कम्पनीसहित कूल २१ वटा वित्तीय संस्था एउटै संस्थाका रुपमा एकीकृत गरेका छौँ”, ढकालले भन्नुभयो ।
एकीकृत कारोबारपछि बैंकको कूल पुँजी कोष रु ५७ अर्ब पुगेको छ । निक्षेप सङ्कलन रु चार खर्ब १० अर्ब, कर्जा प्रवाह रु चार खर्ब र कूल सम्पत्ति रु पाँच खर्ब पुगेको छ । बैंकले सबै जिल्लामा शाखा सञ्जाल पु¥याएको छ । हाल ग्लोबल आइएमई बैंकका देशभर एक हजार एक सय शाखा तथा तीन वटा वैदेशिक सम्पर्क कार्यालय छन् । दक्षिण कोरियामा नेपाली बैंकको पहिलो वैदेशिक शाखा सञ्चालनको अन्तिम तयारीमा पनि ग्लोबल आइएमई बैंक छ । बैंकमा हाल ४० लाखभन्दा बढी ग्राहक छन् भने चार हजारभन्दा बढी कर्मचारी कार्यरत छन् ।
नेपाल राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि त्यसलाई पछ्याउँदै अहिलेको अवस्थासम्म आइपुगेको अध्यक्ष ढकालको भनाइ छ । “मर्जरमा गएकै कारणले हामी मात्रै सफल भएका छैनौँ, सरकारको यो नीतिको कार्यान्वयनबाट अरु बैंक तथा वित्तीय संस्था पनि मर्जरमा जानका लागि उत्साहितसमेत गरेका छौँ”, उहाँले भन्नुभयो ।
बैंकको आकार र वित्तीय सूचकांकमा ठूलो देखिनु मात्र सफलता नभइ मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउन सकोस् भन्ने उद्देश्यले मर्जरलाई प्राथमिकतामा राखिएको ढकालको भनाइ छ ।
“मुलुकका सबै क्षेत्रमा सबै नागरिकलाई, सानोदेखि ठूलासम्म, वित्तीय सेवा पु¥याउने बैंकका रुपमा अघि बढिरहेको ग्लोबल आइएमई बैंकले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य हामीले लिएका छौँ”, उहाँले भन्नुभयो ।
ठूलो बैंक हुनुका पछाडि अवसर मात्र नभएर कैयौँ चुनौती पनि जोडिएर आउने ढकालको बुझाइ छ । पटक–पटक मर्जरको अनुभव हासिल गरिसकेकाले त्यस्ता चुनौतीलाई कुशलतापूर्वक व्यवस्थापन गरी बैंकलाई सबल संस्थाका रुपमा विकास गर्न सक्षम हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
बैंकहरुको पुँजी कम हुँदा अहिलेको आवश्यकताअनुसार एउटै परियोजनाका लागि स्रोत जुटाउन पनि बढी सङ्ख्यामा बैंकहरुको सहकार्य गर्नुपर्ने अवस्था भएको ढकालको भनाइ छ । ठूलो आकारको बैंक बनेसँगै ठूला पूर्वाधार निर्माणमा लगानी गर्न र यस्तो कठिनाई भोगिरहेका उद्योग व्यवसायीका लागिसमेत यसले राहत दिने उहाँले बाउनुभयो ।


