चानुवा माविको ६४औं बार्षिक उत्सव सम्पन्न

धनकुटा,पुस २६ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ४ स्थित रहेको चानुवा माविको ६४औं बार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेज कुमार श्रेष्ठको अध्यक्षतामा सञ्चालित वार्षिक उत्सवको प्रदेश संसद इन्द्रमणी पराजुलीले उद्द्याटन गर्नु भएको थियो । चानुवा माविकोे ६४औं बार्षिक उत्सव उद्द्याटन गर्नु हुदै प्रमुख अतिथि संसद पराजुलीले जिल्लामा सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकास,गुणस्तर शिक्षा तथा शैक्षिक सुधारका लागि आफ्नो तर्फबाट कुनै कसुर बाकि नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका विशेष अतिथि महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राय, उपमेयर मन्जु अधिकारी र कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयको प्रगतिको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक कुमार बाबु श्रेष्ठले शैक्षिक प्रगति प्रतिवेदन सहित विद्यालयको आर्थिक र भावि योजना प्रस्तुत गर्नु भएको थियो साथै उहाँले विद्यालयले स्कुल बस खरिद गरेको पनि सो अवसरमा जानकारी गराउनु भएको थियो ।

उक्त अवसरमा विद्यालयका जेहेन्दार ,उत्कृषट अंक ल्याउने विद्यार्थीहरुलाई विभिन्न पुरस्कार तथा छात्रावृति वितरण गरिएको थियो । स्वागत मन्तवय शिक्षक अम्बर रायमाझीले राख्नु भएको थियो भने सञ्चालन शिक्षक राजन चापागाईले गर्नु भएको थियो ।

कार्यक्रममा अभिभावक , विभिन्न क्षेत्रका समाजसेवी ,राजनैतिक दलका प्रनिधि विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖