पाख्रीवास ४ का जेष्ठ नागरिकलाई सिरक वितरण

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ को जेष्ठ नागरिकहरुलाई वडाले सिरक वितरण गरिरहेको छ ।

जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत वडाका ७५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई सिरक वितरण गरिएको वडा नं ४ का वडाध्यक्ष सन्तोष मानन्धरले बताउनुभयो । उहाँका अनुसार अहिले सम्म वडाका ४३ जनालाई सिरक वितरण गरिसकिएको छ । बाँकीलाई वितरणको क्रम जारी छ ।

सोमबारदेखि थालिएको यो कार्यक्रम अन्र्तगत सोमवार नै एक कार्यक्रमको वीच ४० जनालाई सिरक प्रदान गरिएको र थप ३ जनालाई आज वडाबाटै प्रदान गरिएको हो । वडामा ६० जना जेष्ठ नागरिक रहेकोमा अब बाँकीलाई पनि सिरक प्रदान गरिने उहाँले वताउनुभएको छ । वडा शिलिङको बजेटबाट यो कार्यक्रम सञ्चालन गरिएको उहाँले वताउनुभयो ।

यो पनि…
नयाँ प्रविधिको बढ्दो प्रयोगले परम्परागत खेलहरू बिर्सँदै बालबालिका
–राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर, २७ पुस (रासस) : शुक्लाफाँटा नगरपालिका–४ असैनाका मनिदत्त पन्त सानै छँदा घरआँगनमा साथीभाइसँग रमाइलो गर्दै खेलेका खेलको स्मरण गर्नुहुन्छ । साथीभाइ मिलेर सामूहिकरूपमा परम्परागत खेल खेल्दाको मज्जा नै बेग्लै हुने गरेका पुराना स्मरणहरू उहाँ निकै रोचक ढङ्गले सुनाउनुहुन्छ ।

“पुराना दिन सम्झिँदा अझै वचपनमै पुगेको महसुस गर्छु”, उहाँले भन्नुभयो, “पाँच दशकअघि साथीभाइसँग निकै रमाइलो गरेर पुस्तौँदेखि चल्दै आएका पुराना खेल खेल्थ्यौँ, त्यसमै रमाउथ्यौँ ।” कबड्डी, गोला आकारका ढुङ्गालाई एकमाथि अर्को राख्दै मोजाको गोलो बलले हिर्काएर खेलिने टिपु, रुमाल लुकाउने, लुकामारी, चोर पुलिस, ठिणी (डण्डीबियो), गाई बाँध्ने, डोरी नाघ्ने, चुङ्गीलगायतका खेल त्यस बेला प्रचनमा रहेको उहाँ बताउनुहुन्छ ।

गाई–गोरु चराउन जाँदा केटीहरूले रवरको गुच्छा बनाइ खेल्ने चुङ्गी, स–साना ढुङ्गालाई गोटीका रूपमा खेलिने गोट्टा, भिरालो क्षेत्रबाट काठको फल्याकमा चढेर टाढा पुग्ने घुसुडी, जमिनमा चार कुने रेखा बनाइ गोलो ढुङ्गा राखी एक खुट्टामाथि उचाल्दै अर्को खुट्टाले रेखा नछोइकन पार गर्ने अड्डुलगायतका खेल बढी खेलिने गरिथ्यो ।

बूढापाकाले गोरु चराउन जाँदा र घरमै पनि दुई–चार जना जम्मा भए बाघचाली खेल्ने चलन थियो । यी सबै पुराना खेल संरक्षण गर्न नसक्दा हाल हराउँदै गएका छन् । युवाहरूले आफैँ पैसाको जोहो गरी भलिबल नेट खरिद गरी भलिबल खेल्ने गर्दथे । एकअर्का गाउँका युवाबीच भलिबल र कबड्डीका प्रतियोगिता नै हुन्थे । “पुराना खेल खेल्दा चोटपटक लाग्ने जोखिम हुन्थ्यो”, करनबहादुर ऐरले भन्नुभयो, “शारीरिक व्यायाम निकै हुन्थ्यो, शारीरिक व्यायामकै कारणले रोगव्याधीको समस्या थिएन, घरकै पाकेको खाना खान्थ्यौँ, निकै तन्दुरुस्त हुन्थ्यौँ ।”

“साथीत्वको भावना निकै हुन्थ्यो, सामूहिक छलफल गर्ने, बहस गर्ने कार्यले पढाइमा बालबालिका अब्बल हुन्थे । अहिलेको जस्तो फेसबुक, टयुटर, इन्स्ट्राग्राम, युटयुवलगायतको चलन थिएन । कम्प्युटरमा, इन्टरनेटमा खेलिने खेल थिएन”, उहाँ भन्नुहुन्छ ।

“आजभोलि घरभित्रै एकै परिवारमा बस्नेबीच पनि कुनै किसिमको छलफल हुँदैन”, शुक्लाफाँटा नगरपालिकाका निवर्तमान नगरप्रमुख दिलबहादुर ऐरले भन्नुभयो, “सबै जना आ–आफ्नै मोबाइलमा व्यस्त हुन्छन्, सहरबजारमा त एक छिमेकीले अर्को छिमेकीलाई नचिन्ने अवस्था आइसक्यो ।” शारीरिक व्यायामको कमीका कारण बालबालिकमा विभिन्न किसिमका रोग देखापर्दै आएको उहाँले बताउनुभयो ।

मोबाइल र कम्प्युटरमा एकहोरो हेर्ने र चलाउने भएकाले बालबालिकामा आँखाको दृष्टि कमजोर हुने समस्यासँगै एक ठाउँमा बसेर खेल्दा शारीरिक व्यायाम नहँुदा वचपनमै विभिन्न रोग लाग्ने गरेको उहाँले बताउनुभयो । यस कार्यले बालबालिकामा स्मरण शक्तिसमेत कम हुँदै गएको उहाँको भनाइ छ ।

“पालिकाहरूले निर्माण गर्ने स्थानीय पाठयक्रममा पुराना खेललाई समेट्नुपर्छ, पाठयपुस्तममा अरु खेलझै पूरा खेल खेल्ने तरिका र विद्यालयमा खेलाउने गरिए पुराना खेल जोगिन्छन्”, उहाँले भन्नुभयो, “जोगाउने कार्य नगरिए बूढापाकासँगै पुराना खेल पनि सिद्धिन्छन् ।”

थारू समुदायका परम्परागत खेल ओझेलमा

तराईमा बसोबास गर्ने थारू समुदायका परम्परागत खेलसमेत ओझेलमा पर्दै गएका छन् । थारू समुदायका अगुवा धनबहादुर कुश्मीका अनुसार थारू समुदायका किशोरी तथा युवतीले खेल्ने घोघो रानी, सिक्टी उस्टैना, अच्छी, कोइली दिदी, बुक्रीभारा, छटक भे¥वा र किशोर तथा युवाले खेल्ने छिल्ली, पूर्वा खैना, खोपी, बहान छोरी, मुर्गा लसन, गुल्ली दण्डा, लोची दण्डालगायत थुप्रै परम्परागत खेल लोपोन्मुख अवस्थामा पुगेका छन् ।

“परम्परागत खेल कम खर्चिला र स्थानीय साधन स्रोतको प्रयोग गरी सजिलै खेल्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “यी खेल सामूहिकरूपमा खेलिने भएकाले सामूहिकताको भावना हुन्थ्यो, हाल मोबाइलका गेमले बालबालिका पुराना खेल बिर्सँदै गएका छन् ।”

उहाँका अनुसार पुरुष–महिला मिलेर खेल खेल्ने भएकाले लैङ्गिक समानताको भावना हुन्थ्यो । बाघागोटी, टयुरालगायत खेल खेल्दा दिमाग लगाउनुपर्ने हुँदा बौद्धिक विकासमा मद्दत पुग्ने गर्दथ्यो । उहाँ भन्नुहुन्छ, “परम्परागत खेलमा आफ्नैपन, आफनत्वको भावना र बेग्लै किसिमको नियममा बाँधिएर खेलिने हुँदा भरपूर मनोरञ्जन र शारीरिक व्यायाम हुन्थ्यो, हाल पुराना खेल ओझेल पर्दै गएका छन्, बचाउन सबैले लाग्नु पर्दछ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।