स्वास्थ्य जीवनका लागि अर्गानिक खाना खान आवश्यक

धनकुटा । स्वास्थ्य जिवनका लागि अर्गानिक खाना खान आवश्यक रहेकोमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।

प्रदेश सरकार स्वाथ्य मन्त्रालय स्वाथ्य निर्देशनालय आयूर्वेदिक तथा वैकल्पीक चिकित्सा शाखा प्रदेश १ धनकुटाले आज धनकुटामा आयोजना गरेको नागरिक आरोग्य कार्यक्रम जिल्ला स्तरिय अभिमुखीकरण तथा अभियान संचालन कार्यक्रमका सहभागिहरुले स्वास्थ जीवनका लागि अर्गानिक आयुर्वेदिक खान खान आवश्यक रहेकोमा जोड दिएका हुन् ।

कार्यक्रममा आयूर्वेदिक तथा वैकल्पीक चिकित्साको प्रयोग तथा दैनिक जीवनमा गरिने खानपान, त्यसले स्वाथ्यमा पर्ने असर र कस्तो जीवन अपनाए उपयोगी हुन्छ, सर्ने रोग र नसर्ने रोगबाट कसरी बच्ने भन्ने लगायतका बिषयमा डा.केनिन राईले जानकारी गराउँनु भयो । उहाँले समुदाय स्तरमा समेत आयूर्वेदिक तथा वैकल्पीक चिकित्साको प्रयोग र खानपानका बिषय जानकारी गराउँन आवश्यक भएको बताउँनु भयो ।

उहाँले प्रदेश १ मा नसर्ने रोगको जोखिम तत्वहरुमा सूर्तिजन्य वस्तु सेवनका कारण २२ दशमलव ८ प्रतिशत, मध्यपान सेवनका कारण २३ दशमलव २३ दशमलव १ प्रतिशततनावका कारण ५८ दशमलव ५ प्रतिशत, बढी नुन भएका खानेकुरा खाएर २१ दशमलव १ प्रतिशत, उच्च रक्तचापका कारण २६ दशमलव ६ प्रतिशत रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा बोल्दै स्वयमसेविका सावित्रा वाग्लेले समुदाय स्तरमा यस्ता कार्यक्रम गर्नु आवश्यक भए पनि कार्यन्वयन पक्ष भने चुनौती पूर्ण रहको बताउँनु भयो । उहाँले यस्ता कार्यक्रम समुदाय स्तरमा पु¥याउने जिम्बेवारी महिला स्वथ्य स्वयम सेविकालाई दिइने भए पनि काम अनुसारको सेवा सुविधा भने नपाएको गुनासो गर्नुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्यवय समितीका प्रमुख निरेन तामाङ्गले पछिल्लो समय मानिसहरु खान नपाए र भन्दा पनि खान नजानेर अस्वस्थ बन्दै गएको बताउँनुभयो । उहाँले हरेक नागरिकले शारिरीक व्यायम गर्न आवश्यक रहेको उल्लेख गर्दै खानपानमा समेत ध्यानदिनुपर्ने धारण राख्नु भएका थियो ।

स्वाथ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले धन्वन्तरीको समय देखि सुरुभएको आयूर्वेदिक तथा वैकल्पीक चिकित्सा पालना गर्नु पर्ने र सबैले स्वथ्यकर जीवन यापन गर्दे आयूर्वेदको विकासमा सहयोग गर्नु पर्ने बताउँनु भयो । उहाँले यी कार्यक्रमहरु वडा स्तर सम्म सञ्चालन हुने समेत बताउँनु भयो ।

कार्यक्रममा स्वथ्य स्वयम सेविका, स्वाथ्य तथा आयूर्वेदिक क्षेत्रमा कृयाशिल व्यक्ती योगगरु समाजसेवी पत्रकार लगायतको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।