धनकुटामा हुन लागेको प्रादेशिक औद्योगिक व्यापार मेलाले पर्यटन प्रवर्दनमा नौलो आयाम थप्छ : नगरप्रमुख चिन्तन तामाङ
धनकुटा । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले धनकुटामा हुन लागेको प्रादेशिक औद्योगिक व्यापार मेला,कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा नौलो आयाम थप्ने वताउनु भएको छ ।
उद्योग वाणिज्य संघका पदाधिकारीकाहरु सँगको छलफमा उहाँले त्यस्तो वताउनुभएको हो । उहाँले प्रादेशिक औद्योगिक व्यापार मेला,कृषि प्रदर्शनी एभोकाडो एवं धनकुटा महोत्सवले उद्योग,व्यापार, व्यवसायमा समेत नया आयम ल्याउने वताउदै महोत्सव संचालनका लागि नगरको तर्फबाट सहयोग गर्ने पनि वताउनु भयो । संघको टोलिले मेयर तामाङ,प्रमुख प्रशासकीय अधिकृत राम वहादुर थापा महोत्सवको व्यापक तयारीकोवारेमा छलफल गरेको थियो ।
छलफलमा नगरका प्रशासन योजना तथा अनुगमन अधिकृत सिताराम गौतम,वातावरण शाखा प्रमुख उपेन्द्र खनाल, आर्थिक विकास अधिकृत विकास अधिकारीले यो महोत्सवले जिल्लाई हरेक क्षेत्रबाट सहयोग पुग्ने वताएका छन् । छलफलमा संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग,उपाध्यक्ष निर्मला राइ ,कोषाध्यक्ष रुपेश श्रेष्ठ,सदस्यहरु रेवती प्रसाद अधिकारी,रिदम श्रेष्ठ,उज्वल कर्माचार्यले महोत्सव सहयोग गर्ने सवैलाई अनुरोध गरेका थिए ।
देवघाट मेला : पाँच लाख भक्तजनको व्यवस्थापन गरिने
नवलपुर, २९ पुस (रासस) :
माघे सङ्क्रान्ति पर्वको अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने मेलाको तयारी पूरा भएको छ । पाँच लाख भक्तजनको व्यवस्थापन गर्न सक्ने गरी माघे सङ्क्रान्ति मेलाको तयारी गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
नवलपुर, चितवन र तनहुँको सङ्गममा पर्ने यस धार्मिकस्थलमा माघे सङ्क्रान्ति मेला भर्न नेपालका साथै छिमेकी भातबाट समेत तीर्थालु आउने भएकाले सोहीअनुसारको व्यवस्था गरिएको हो । “देवघाटधाम हिन्दूको पवित्र तीर्थस्थलका रूपमा रहेकाले यहाँ माघ स्नानका लागि स्वदेशी तथा विदेशी भक्तजन आउने गर्छन्”, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले भन्नुभयो, “यहाँ तीर्थयात्रीको व्यवस्थापनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरिएको छ ।” बिहीबार देवघाटको गलेश्वर आश्रममा पत्रकार सम्मेलन गर्दै अध्यक्ष अधिकारीले तीर्थयात्रीका लागि आवश्यक पर्ने खानेपानी, बिजुली बत्ती, सडक, स्नानघाट, धुनी, सवारीसाधन पार्किङ, शौचालयलगायतका सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो ।
देवघाटधामको वेणी सङ्गमस्थलमा पुस ३० गते बिहान विधिपूर्वक बाँसको लिङ्गो गाडेपछि माघ स्नान शुभारम्भ हुने अधिकारीले बताउनुभयो । “वेणीमा बाँसको लिङ्गो गाडेपछि माघ स्नान आरम्भ हुन्छ, सोही दिनदेखि नै टाढा–टाढाबाट आउने तीर्थालुको देवघाटमा आगमन सुरु हुन्छ”, अधिकारीले भन्नुभयो । देवघाट मेलालाई व्यवस्थित गर्नका लागि नवलपुर, चितवन र तनहुँका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसँग छलफल गरी आवश्यक सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको अधिकारीले बताउनुभयो ।
माघ स्नानका लागि नवलपुरको गैँडाकोट–३ मा पर्ने हर्दी, केलादी हुँदै पक्की पुलबाट वेणीमा आउन सकिने तथा चितवनको दासढुङ्गाबाट पक्की पुल हुँदै वेणी सङ्गममा आउन सकिने अधिकारीले बताउनुभयो । “पक्की सडकबाट आउनेहरू सहजरूपमा स्नान गरेर फर्किने व्यस्था गरिएको छ”, अधिकारीले भन्नुभयो, “सकेसम्म झोलुङ्गे पुलको यात्रा नगर्न भनेका छौँ, यद्यपि तीर्थलको आगमनलाई झोलुङ्गे पुलमा व्यवस्थित बनाउन सोहीअनुसारको व्यवस्था भएको छ ।” देवघाटमा रहेको झोलुङ्गे पुल हुँदै वेणीमा स्नान गर्न जाने र फर्किनेको व्यवस्थापनका लागि एकपटकमा एक यात्रुलाई मात्रै आवातजावत गर्न दिइने अधिकारीले बताउनुभयो ।
“झोलुङ्गे पुल निकै पुरानो र जीर्ण भइसकेको छ”, अधिकारीले भन्नुभयो, “यसले अत्यधिक भार थेग्न सक्दैन, त्यसैले तीर्थालुहरूलाई लाइनमा राखेर पुल तर्ने व्यवस्था गरिन्छ ।” सो दिन वेणी सङ्गममा स्नानका लागि त्रिशूली नदीमा ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले बताउनुभयो । “तीर्थालुहरूको चापलाई मध्यनजर गर्दै माघे सङ्क्रान्तिमा देवघाटमा ४० वटा ¥याफ्टिङ डुङ्गा सञ्चालन गरिनेछ”, पौडेलले भन्नुभयो, “डुङ्गाबाट नदी तर्दा एकतर्फी रु ३५ भाडादर कायम गरिएको छ ।” तोकिएको भाडादरभन्दा बढी भाडा लिएमा क्षेत्र विकास समिति वा सुरक्षाकर्मीलाई जानकारी गराउनसमेत पौडेलले आग्रह गर्नुभयो ।
कालीगण्डकी र त्रिशूली नदीको वेणी सङ्गम साँघुरो र गहिरो भएकाले सीमित स्थानमा मात्र स्नान गर्न मिल्ने गरी स्नानघाट निर्माण गरिएको पौडेलले बताउनुभयो । “हामीले स्नानघाटमा विभिन्न सावधानीमूलक सूचनाहरू राखेका छौँ”, पौडेलले भन्नुभयो, “कुनै अप्रिय घटना नहोस् भनेर सशस्त्र प्रहरीको गोताखोरसहितको दुईवटा, नेपाली सेनाको दुईवटा उद्धार टोली र स्थानीय बोटेमाझीको पनि दुईवटा टोली नदीमा तयारी अवस्थामा राख्ने गरी व्यवस्थापन भएको छ ।” उद्धार टोली ¥याफ्टिङ डुङ्गा र काठको डुङ्गामा तयारी अवस्थामा राखिने पौडेलले बताउनुभयो ।
आश्रमका पीठाधीश अनन्त विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराज देवघाटको वेणी सङ्गमसँगै रहेको गलेश्वर आश्रममा भक्तजनलाई निःशुल्क भण्डारा (खाने) र बस्ने व्यवस्था गरिएको बताउनुहुन्छ ।


